2026-07-25 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जारको पानी खाएर बिरामी परेको भन्दै उजुरी

कार्तिक १४, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका-९ मा जारको पानी खाएपछि बिरामी परेको भन्दै एक युवकले कारबाहीको माग गरेका छन् ।

जनकनन्दनी गाउँपालिका-९ इनर्वा घर भई जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले आफू ३ दिनदेखि बिरामी परेको बताए । रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानीमा मटीतेल मिसिएको उनको भनाइ छ ।

‘आइतबार राति जार किनेर डेरा लगेर पानी खाएर सुत्न लाग्दा अचानक टाउको र पेट दुख्न थाल्यो । सहन नसकेपछि रातिमै औषधि पसलमा गए । त्यहाँ समस्या भनेपछि दिएको औषधी खाए । त्यसपछि हल्का आराम भयो । बिहान जार चेक गर्दा मटीतेलजस्तो गन्ध आयो । जार समेत फोहोर रहेछ’, उनले भने ।

किराना पसल पुगेपछि ‘प्रिया जल कम्पनी’ को पानी रहेको थाहा भएको गोइतले सुनाए । स्रोतका अनुसार उक्त कम्पनी कुनै सरकारी निकायमा दर्ता छैन ।

इन्द्रजीतले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् । छानबिन तथा कारबाहीका प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई पत्र काटेको छ । पानी किन्दा अस्वाभाविक गन्ध आएको भन्दै उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसमक्ष छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन् । कम्पनीले जारमा पानी प्याकिङ गर्दा नै लापरबाही गरेको देखिएकाले कारबाही हुनुपर्ने उनको माग छ ।

कम्पनीका मालिकसँग फोनमा कुरा गर्दा नाम बताउन चाहेनन् । उनले मटीतेल बेच्ने पसलबाट जार किनेकाले मिसिएको हुनसक्ने जवाफ दिए ।

उनले भने, ‘पानी खाएरै बिरामी परेको भन्दै एकजनाले प्रशासनले उजुरी दिएको मैले पनि जानकारी पाएँ । उहाँसँग कुरा भयो । उजुरी फिर्ता लिनुहुन्छ ।’

गोइतले भने आफूलाई मालिकहरू भेट्न आएर उजुरी फिर्ता लिन भनेपनि कारबाहीको अडान कायमै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो