2026-10-24 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु

एजेन्सी | जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा  ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो ।

हर्ट फेलियर भएपछि उनलाई सेप्टेम्बर १४ मा फसेट अस्पतालमा भर्ना गरिएको थियो ।  मुटुको पुरानो रोगका कारण उनमा परम्परागत रुपमा मानव मुटु हाल्न नमिल्ने भएको थियो । यस्तोमा उनीसामु जेनोट्रान्सप्लान्ट अर्थात् सुँगुरको मुटु हाल्नुको विकल्प थिएन । सुरुमा उनमा राम्रो प्रगति देखियो । एक महिनासम्मको प्रगति हेरेर मुटुको कार्य सञ्चालनलाई टेवा दिने औषधि पनि बन्द गरियो ।

तर पछि ‘अर्गन रिजेक्शन’ देखिन थाल्यो । अमेरिकामा मात्रै हरेक दिन अंग दाता नपाएर १७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । मानव अंगको विकल्प खोज्दै वैज्ञानिकहरूले सुँगुर लगायत जनावरहरूको जिनमा संशोधन गरेर यसलाई मानवमा प्रत्यारोपण गर्ने प्रयास गरिरहेका छन् । यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो । सुरुमा केही समस्या नदेखिएपनि मुटु  प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने