कात्तिक १६, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।
नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । ओमानको टिममा भने दुई परिवर्तन गरिएको छ । मुहम्मद नदिम र अहमद पयज बटको स्थानमा मुहम्मद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् ।