कार्तिक १६, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । ४३ रन जोड्दा नेपालले तेस्रो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको हो । कुशलले २६ रन जोडे ।
त्यसअघि सोमपाल कामी १२ र आसिफ शेख ५ रन जोडेर पवेलियन फर्किएका थिए । नेपालले ६ ओभरमा ३ विकेट गुमाएर ४५ रन जोडेको छ ।