2026-08-23 03:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज : सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै भारत

कार्तिक १६, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार हालसम्म अपराजित रहेको एकमात्र टोली भारतले सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै छ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । 

जारी विश्वकपमा आयोजक भारत सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । दुई पटकको विश्वकप विजेता भारतले हालसम्म आफूले खेलेका ६ वटै खेलमा सफलता हात पारेको छ । भारतले जारी विश्वकपमा अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, इङ्गल्यान्डजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराइसकेको छ ।

६ खेलबाट १२ अङ्क जोडेको भारत तालिकाको दोस्रो स्थानमा आसिन छ । सात खेलबाट १२ अङ्क जोडेको दक्षिण अफ्रिका तालिकाको पहिलो स्थानमा छ । नेट रन रेटमा भारतभन्दा दक्षिण अफ्रिका निकै अगाडि देखिएको छ । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिकाबिच खेल हुन बाँकी छ ।

यसको विपरीत पूर्वविजेता श्रीलङ्काले भने जारी विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । आफूले खेलेका ६ मध्ये चार खेलमा श्रीलङ्काले हारको सामना गरेको छ । केवल दुई खेलमा मात्र श्रीलङ्काले जित हात पारेको छ । 

श्रीलङ्काले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्स र साविक विजेता इङ्ल्यान्डलाई मात्र हराउन सकेको छ । श्रीलंकाली टोली जारी विश्वकपको आफ्नो पछिल्लो खेलमा अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो । 

निरन्तरको हारपछि जारी विश्वकपमा श्रीलङ्काको सेमिफाइनल प्रवेश सम्भावना केवल प्राविधिक रूपमा मात्र बाँकी देखिएको छ । श्रीलङ्का चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । हालसम्म जारी विश्वकपको उपाधि होडबाट बाहिरिने एकमात्र टोली भने बङ्गलादेश हो । 

भारत भने बिहीबारको खेलमा श्रीलङ्कालाई हराउँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्ने योजनामा छ । उक्त खेलमा विजयी भएमा भारत समूहगत चरणको दुई खेलअगावै सेमिफाइनलमा पुग्नेछ । यसका अतिरिक्त भारतले आफ्नो अपराजित छविलाई पनि कायमै राख्नेछ ।

भारत र श्रीलङ्काले यसअघि वानखेड स्टेडियममा १२ वर्ष पहिले भिडन्त गरेका थिए । सन् २०११ को एकदिवसीय विश्वकपको फाइनलमा यही रङ्गशालामा खेलिएको थियो । त्यो खेलमा भारतले श्रीलङ्कालाई हराउँदै दोस्रो पटक विश्वकपको उपाधि चुमेको थियो । 

जारी विश्वकपमा भारतीय टोली निकै सन्तुलित देखिएको छ । सुरुआती खेलहरूमा आफ्ना प्रभावशाली युवा ओपनर शुभमन गिलको अनुपस्थितिमै भारतीय टोलीले लगातार एकपछि अर्को सफलता हात पारेको थियो । 

त्यसपछि पछिल्ला खेलहरूमा भारतले आफ्ना अनुभवी अलराउन्डर हार्दिक पाण्डेयाले गुमाएको छ । खेलका क्रममा चोट लागेका कारण ३० वर्षीय हार्दिक मैदानभन्दा बाहिर छन् । श्रीलंकाविरुद्धको खेलमा पनि हार्दिक अनुपस्थित रहने प्रबल सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो