२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

भारतमा आइफोन १७ बन्ने

२०८०, १६ कार्तिक बिहीबार ०६:३२

एजेन्सी | भारतमा छिट्टै नै आइफोन १७ बनाउन थालिने छ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोन, पेगाट्रोन र टाट ग्रुपको विष्ट्रोन मिलेर छिटोमा सन् २०२४ को पूर्वाद्र्धदेखि नै आइफोन १७ बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।

एप्पलको नयाँ प्रडक्ट चीन बाहिरबाट आउन लागेको यो पहिलो पटक हुने एप्पलका विश्लेषक मिङ चि कुओले भनेका छन् । यसलाई एप्पलले चीनबाहिर सस्तोमा आइफोन बनाउने नयाँ ठाउँ खोजिरहेको रुपमा हेरिएको छ ।  योसँगै भारत एप्पलका लागि म्यानुफ्याक्चरिङ हबको रुपमा उदाउनेछ । तर आइफोनका प्रो मोडलहरू भने अझै पनि चीनमै बन्ने आशा गरिएको छ । चीन एप्पलको शीर्ष आपूर्तिकर्ता हो ।


सबै प्रक्रियाहरू योजना अनुरूप अगाडि बढे भने आइफोन १७ को एनपीआई सन् २०२४ को दोस्रो अर्धवार्षिकमा सम्पन्न हुनेछ अनि फोन २०२५ मा रिलिज हुनेछ । अहिले विश्वभर निर्यात हुने १२ देखि १४ प्रतिशत आइफोन भारतमा बनेका हुन् । सन् २०२४ सम्ममा यसलाई बढाएर २० देखि २५ प्रतिशतमा पुर्‍याउने एप्पलको लक्ष्य छ ।

सो अवधिसम्म चीनको चङचाउ र ताइयुआनमा रहेको फक्सकोनको कारखानामा आइफोनको उत्पादन क्रमशः ३५ देखि ४५ प्रतिशत र ७५ देखि ८५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । आइफोन बनाउन एप्पल चीनमाथि निर्भर छ । चीन र अमेरिकाबीचको तनाव अनि कोभिडका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएयता एप्पल चीनमाथिको निर्भरता कम गर्न लागिरहेको छ । यस्तोमा भारतलाई उपर्युक्त विकल्पको रुपमा हेरेर कम्पनीले त्यहाँ लगानी बढाइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ