2026-08-23 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भोलि हुने यूएईविरुद्धको सेमिफाइनल खेल्लान् दिपेन्द्रले?

कार्तिक १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईँले चोटग्रस्त खेलाडी दिपेन्द्र सिंह ऐरीका बारेमा आफूहरु छलफलमै रहेको बताएका छन् ।

टी–२० विश्वकप छनोटको पहिलो खेल सिंगापुरविरुद्ध टस भइसकेपछि अभ्यास गर्ने क्रममा दिपेन्द्र घाइते भएका थिए । गोलीगाँठोमा चोट लागेको चौथो दिन उनले आज केहीबेर प्याड लगाएर नेटमा अभ्यास गरेका थिए ।

ओमानसँगको खेलपछि पत्रकारले दिपेन्द्रकाबारेमा सोधेको प्रश्नमा मोन्टीले उनलाई खेलमा फर्काउन विशेषज्ञहरुले जे ठीक हुन्छ त्यो गरिरहेको बताए ।

‘हामीले हरेक स्रोतहरु लगाइरहेका छौं । हरेक विशेषज्ञहरुले दिपेन्द्रको लागि के ठिक हुन्छ सबै थोक गरिरहेका छन्,’ उनले भने, ‘हामीले दिपेन्द्रको करिअरको बारेमा पनि सोच्नुपर्छ । हामी सामुहिक छलफलमै छौं ।’

देशाईँले दिपेन्द्रले भोलि शुक्रबार हुने यूएईविरुद्धको सेमिफाइनल खेल खेल्ने नखेल्ने बारेमा केही थाहा नभएको बताए ।

दिपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । उनले नेपालका लागि ५२ टी–२० आईमा १ हजार ३४४ रन बनाएका छन् । बलिङतर्फ उनले २५ विकेट पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो