शेयर सदस्यलाई ऋणी नभई मालिक बनाउने योजना लागु गर्न आग्रह

सन्तोषकुमार गुप्ता । देउखुरी २० असोज । सहका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शेयर सदस्यलाई ऋणी नभई मालिक बनाउने योजना लागु गर्न आग्रह

सन्तोषकुमार गुप्ता । देउखुरी २० असोज । सहका"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको समय बचत सहकारीको छैठौँ साधारण सभा सम्पन्न

२० आश्विन २०७३, बिहीबार ११:३४

शेयर सदस्यलाई ऋणी नभई मालिक बनाउने योजना लागु गर्न आग्रह

सन्तोषकुमार गुप्ता । देउखुरी २० असोज । सहकारी संस्थाका शेयर सदस्यहरुलाई ऋणी मात्र नभई मालिक बनाउने योजना सहित कार्यक्रम सञ्चालन गर्नु पर्ने आज भालुवाङमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । समय बचत तथा ऋण सहकारी संस्था भालुवाङ पुल्चोकको छैठौँ बार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले सहकारी संस्थालाई सफल र समक्ष बनाउन शेयर सदस्य सक्षम हुनुपर्ने बताएका थिए । जसका लागि संस्थाले उत्पादन, व्यवसायिक र उद्यमशिल बनाउन सिपमूलक तालिम सहित लगानी गर्नु पर्ने बताएका थिए । 


संस्थाका अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा भएको सभामा संस्थाका व्यवस्थापक ढुण्डीराज भट्टराईले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण आचार्यले आर्थिक बर्ष २०७३÷०७३ को १ करोड ९७ लाख ५० हजार १ सय ५९ रुपैयाँ ३० पैसा बराबरको आयव्यय तथा संस्थाले एक बर्षको अवधिमा ५ लाख ३८ हजार ५ सय ३२ रुपैयाँ ५७ पैसा खुद नाफा सहितको आर्थिक प्रतिवेदन तथा लेखा समिती संयोजक चन्द्र पुरीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य रामकृष्ण पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा राप्ती उद्योग बाणिज्य संघका सचिव प्रेमबहादुर केसी, सर्वहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दयाराम चौधरी, शिवगढी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम खनाल, महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सचिव हिमानन्द पाण्डे, जनता उच्च मावि कालाकाटेका प्राचार्य लोकेन्द्र केसी, पत्रकारद्धय महेश रिजाल र सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

सो अवसरमा उत्कृष्ट बचतकर्ता बिनोदकुमार शर्मा, प्रेमबहादुर केसी, उत्कृष्ट ऋणी हनुमान चौधरी, पवित्रा जिसी, उत्कृष्ट शेयर खरिद कर्ता होमप्रसाद शर्मा, कृष्णकुमारी शर्मा, ऋषिराम पौडेल, त्रिभान बुढामगर र गुनाबहादुर पण्डितलाई नगद र प्रमाण—पत्र सहित सम्मान समेत गरेको छ । कार्यक्रमको सञ्चालन संस्थाका संस्थाका लेखापाल प्रताप चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य