सन्तोषकुमार गुप्ता । दाङ, २० असोज । दाङको तुल्सीपुर ६१ औं प्रहरी दिवसका अबसरमा अंञ्चल प्रहरी कार्यालय राप्तीले बिहिबार तुल्सीपुरमा एक कार्यक्रमक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ, २० असोज । दाङको तुल्सीपुर ६१ औं प्रहरी दिवसका अबसरमा अंञ्चल प्रहरी कार्यालय राप्तीले बिहिबार तुल्सीपुरमा एक कार्यक्रमक"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ६१औं प्रहरी दिवसमा अमर प्रहरीलाई श्रद्धाञ्जली दिई मनाईयो

२० आश्विन २०७३, बिहीबार ११:५६

सन्तोषकुमार गुप्ता । दाङ, २० असोज । दाङको तुल्सीपुर ६१ औं प्रहरी दिवसका अबसरमा अंञ्चल प्रहरी कार्यालय राप्तीले बिहिबार तुल्सीपुरमा एक कार्यक्रमको आयोजना गरी अमर प्रहरीलाई श्रद्धाञ्जली दिई मनाएको छ । अंञ्चल प्रहरी प्रमुख प्रेम चन्दको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द्धन्दकाल लगायत डिउटीमा रहेका बखत बिभिन्न घटनामा परी साहदत प्राप्त गरेका १ प्रहरी उपरीक्षक सहित २ सय ४६ अमर प्रहरीहरु प्रति पुष्पगुच्छाका साथै हार्दिक श्रद्धाञ्जली अर्पण गरीएको थियो । 

अञ्ंचल प्रहरी परीसरमा अमर प्रहरी स्तम्भ निर्माण गरी राप्ती अञ्ंचलभर साहदत प्राप्त गरेका १ प्रहरी उपरीक्षक, १० प्रहरी निरीक्षक, ९प्रहरी नायव निरीक्षक, १३ प्रहरी साहयक निरीक्षक, १ सय ७१ प्रहरी जवान र ४१ जना प्रहरी हवल्दारको नाम राखिएको छ । सो अबसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले नागरिकको बिश्वास जितेर सेवा दिन सके अमर प्रहरी प्रति सच्चा श्रद्धाञ्जली हुने बताए । राष्ट्रमा नेपाल प्रहरीको बिकल्प भन्दै उनले बि.सं २०३० मा लागु भएको प्रहरी ऐन अनुसार कुशलतापूर्वक काम गर्दै आएको नेपाल प्रहरीको उच्च मूल्याङकन जरुरी रहेको उनको भनाई छ ।

 

त्यसैगरी अमर प्रहरी परिवारका निर्मला थापाले अमर प्रहरीहरुलाई सहीद घोषणा गर्न राज्य संग माग  गरिन । डिउटीमा रहेका बखत बिभिन्न घटनामा परी साहदत प्राप्त गरेका प्रहरीहरुलाई सलामी मात्र होइन, सच्चा न्याय दिलाउन सहिद घोषणा हुनुपर्न उनको माग छ । कार्यकममा प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दिएको शुभकामना वाचन गरिएको थियो । वडा प्रहरी कार्यालय घोराहीका सूर्य थापाले शुभकामना वाचन गरेका थिए । सो अबसरमा १९ नम्बर बाहिनी तुल्सीपुरका बाहिनीपति बिनोद पाण्डे, पूर्व प्रहरी नायव उपरीक्षक रोवरबहादुर बस्नेत, तुल्सीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, राप्ती अंञ्चल सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष सुरेश हमाल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बालाराम खडका र अमर प्रहरी परीवारका नवराज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बिस २०१२ मा जारी भएको प्रहरी ऐनमा ब्यबस्था भए देखि नेपाल प्रहरीले प्रहरी दिवश देशभर मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य