सन्तोषकुमार गुप्ता । दाङ, २० असोज । दाङको तुल्सीपुर ६१ औं प्रहरी दिवसका अबसरमा अंञ्चल प्रहरी कार्यालय राप्तीले बिहिबार तुल्सीपुरमा एक कार्यक्रमक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ, २० असोज । दाङको तुल्सीपुर ६१ औं प्रहरी दिवसका अबसरमा अंञ्चल प्रहरी कार्यालय राप्तीले बिहिबार तुल्सीपुरमा एक कार्यक्रमक"/>
2026-07-06 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ६१औं प्रहरी दिवसमा अमर प्रहरीलाई श्रद्धाञ्जली दिई मनाईयो

2016-10-06

सन्तोषकुमार गुप्ता । दाङ, २० असोज । दाङको तुल्सीपुर ६१ औं प्रहरी दिवसका अबसरमा अंञ्चल प्रहरी कार्यालय राप्तीले बिहिबार तुल्सीपुरमा एक कार्यक्रमको आयोजना गरी अमर प्रहरीलाई श्रद्धाञ्जली दिई मनाएको छ । अंञ्चल प्रहरी प्रमुख प्रेम चन्दको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द्धन्दकाल लगायत डिउटीमा रहेका बखत बिभिन्न घटनामा परी साहदत प्राप्त गरेका १ प्रहरी उपरीक्षक सहित २ सय ४६ अमर प्रहरीहरु प्रति पुष्पगुच्छाका साथै हार्दिक श्रद्धाञ्जली अर्पण गरीएको थियो । 

अञ्ंचल प्रहरी परीसरमा अमर प्रहरी स्तम्भ निर्माण गरी राप्ती अञ्ंचलभर साहदत प्राप्त गरेका १ प्रहरी उपरीक्षक, १० प्रहरी निरीक्षक, ९प्रहरी नायव निरीक्षक, १३ प्रहरी साहयक निरीक्षक, १ सय ७१ प्रहरी जवान र ४१ जना प्रहरी हवल्दारको नाम राखिएको छ । सो अबसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले नागरिकको बिश्वास जितेर सेवा दिन सके अमर प्रहरी प्रति सच्चा श्रद्धाञ्जली हुने बताए । राष्ट्रमा नेपाल प्रहरीको बिकल्प भन्दै उनले बि.सं २०३० मा लागु भएको प्रहरी ऐन अनुसार कुशलतापूर्वक काम गर्दै आएको नेपाल प्रहरीको उच्च मूल्याङकन जरुरी रहेको उनको भनाई छ ।

 

त्यसैगरी अमर प्रहरी परिवारका निर्मला थापाले अमर प्रहरीहरुलाई सहीद घोषणा गर्न राज्य संग माग  गरिन । डिउटीमा रहेका बखत बिभिन्न घटनामा परी साहदत प्राप्त गरेका प्रहरीहरुलाई सलामी मात्र होइन, सच्चा न्याय दिलाउन सहिद घोषणा हुनुपर्न उनको माग छ । कार्यकममा प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दिएको शुभकामना वाचन गरिएको थियो । वडा प्रहरी कार्यालय घोराहीका सूर्य थापाले शुभकामना वाचन गरेका थिए । सो अबसरमा १९ नम्बर बाहिनी तुल्सीपुरका बाहिनीपति बिनोद पाण्डे, पूर्व प्रहरी नायव उपरीक्षक रोवरबहादुर बस्नेत, तुल्सीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, राप्ती अंञ्चल सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष सुरेश हमाल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बालाराम खडका र अमर प्रहरी परीवारका नवराज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बिस २०१२ मा जारी भएको प्रहरी ऐनमा ब्यबस्था भए देखि नेपाल प्रहरीले प्रहरी दिवश देशभर मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा