२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रिगललाई जिल्ला अदालत बाँकेमा बुँझाइँदै

२०८०, १७ कार्तिक शुक्रबार ०६:५१

कार्तिक १७, काठमाडौं | बिहीबारको सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा बुझाउने तयारी गरिएको छ। शुक्रबार छिट्टै अदालत बन्द हुने भएकाले केही बेरमा अदालत ल्याउने जानकारी जिल्ला अदालतलाई प्रहरीले गराएको छ। 

सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैद सजाय माफी दिने निर्णय गरेका थिए। उक्त निर्णय विरुद्ध पीडित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा फैसला सुनाउँदै सर्वोच्चले सजाय माफी बदर गरेको थियो।


सजाय माफी बदर भएसँगै प्रहरीले उनलाई बाँकी सजाय भुक्तानका लागि पक्राउ परेका थियो। सर्वोच्चले ११ वर्ष ११ महिना ५ दिन कैदमा बस्नुपर्ने भनेको छ। ढकाललाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाउने तयारी  प्रहरीले गरेको हो। 

नेपालगन्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो। घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहेका थिए। 

अदालतले कर्तव्य ज्यानमुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल