असोज २०, काठमाडौं । अष्ट्रेलियाको भ्रमण सकेर फर्केका हास्यकलाकार मनोज गजुरेलले मलेसियाको क्वालालाम्पुरस्थित एयरपोर्टमा १७ घण्टा ट्रान्जिटमा रोकिनुपरेपछि एउटा रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २०, काठमाडौं । अष्ट्रेलियाको भ्रमण सकेर फर्केका हास्यकलाकार मनोज गजुरेलले मलेसियाको क्वालालाम्पुरस्थित एयरपोर्टमा १७ घण्टा ट्रान्जिटमा रोकिनुपरेपछि एउटा रमा"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोज गजुरेल मलेसियाको एयरपोर्टमा जब १७ घण्टा ट्रान्जिटमा परे..

२०७३, २० आश्विन बिहीबार १५:१५

असोज २०, काठमाडौं । अष्ट्रेलियाको भ्रमण सकेर फर्केका हास्यकलाकार मनोज गजुरेलले मलेसियाको क्वालालाम्पुरस्थित एयरपोर्टमा १७ घण्टा ट्रान्जिटमा रोकिनुपरेपछि एउटा रमाइलो ब्लग लेखेका छन् ।

उनको गजुरियल ब्लगमा व्यंग्य गर्दै यस्तो लेखिएको छ-

मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रिय ट्रान्जिट पुरस्कार

कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस अन्तर्गत क्वालालम्पुरमा १७ घण्टा ट्रान्जिट परेको थियो ।

‘लामोभन्दा लामो ट्रान्जिटलाई पनि रमाईलो तरिकाले ब्यहोर्ने यात्रुलाई यो पुरस्कार दिईन्छ ।’ एयरपोर्ट अथोरिटी प्रमुख मरियम अनवरले भनिन् । ‘१८/८ इन्चको सानो सिंगल सोफामा चामत्कारिक ढंगले सुत्न,बस्न र योगासन गर्न सकेकाले उहाँ सम्मानित हुनु भएको हो ।’मलेसियन एयरलाईन्सका प्रबक्ता टायर्ड स्पिडले भने, ‘ट्रन्जिट लामो भयो भनेर हामीसँग रिसाउने यात्रुहरुले मनोजसरले प्राप्त गरेको एप्पलको म्याकबुकबाट सिक्नु जरुरी छ । ।’

‘पहिलो ८ घण्टा एयरपोर्ट भित्रकै होटलमा बिताएपछि बांकी ९ घण्टा लाउन्जमा बसेका थियौं ।’ मनोजका सिड्नी देखिका सहयात्री उपेन्द्र बस्नेतले भने, ‘मनोजदाईले प्राप्त गरेको पुरस्कार हामी सबै ट्रान्जिटेहरुको पुरस्कार हो । यति लामो ट्रान्जिट सबैलाई सधैं परोस् ।’उनले थपे, ‘झन्, बृद्धबृद्धा र बालबालिकालाई झन् कति मज्जा आउंदो हो !’

१७ घण्टे ट्रन्जिटमा अरु थुप्रै यात्रुहरु भएपनि मनोज नै किन सम्मानित भए भन्ने प्रश्नको जवाफमा सुरक्षा प्रमुख म्याउ सि चाउले सिसि क्यामेराको तथा केही तस्वीरहरुको सार्बजानिक प्रदर्शन गर्दै भने, ‘यस्तो अजंगको मान्छे यति सानो सोफामा गँडुल्कासन, उत्तानासन, घोप्टासन, ठाडाखुट्टासन, किकासन, भद्रासन लगायतका आसन गर्न  सक्नु बाँकी यात्रु तथा हाम्रालागी अद्भुत घटना थियो ।’

उनले क्वालालम्पुर एयरपोर्ट प्रमुख मार्गरिटा अनवरबाट पुरस्कार स्वरुप म्याकबुक प्रो, रेटिना फिप्टिन इन्च प्राप्त गरे ।क्वालालम्पुर एयरपोर्ट प्रमुख मार्गरिटा अनवरबाट पुरस्कार स्वरुप म्याकबुक प्रो, रेटिना फिप्टिन इन्च प्राप्त गरेपछि संबद्ध सबै पक्षलाई आभार तथा मलेसियन उड्ययन मन्त्रालयलाई धन्यवाद दिएपछि मनोजले हाई काड्दै भने,  ‘हैट, कस्तो अनौठो सपना देखिएछ !’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी