२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतले तीन महिनामा १२ हजारभन्दा बढी विदेशीहरूलाई देश निकाला गर्यो, यस्तो छ कारण

२० कार्तिक २०८०, सोमबार ००:५४

कात्तिक २०, काठमाडौँ । देशका नियम कानुन उल्लङ्घन गरेको भन्दै कुवेतले पछिल्लो तीन महिनामा १२ हजार बिदेशीलाई कुवेत फर्किन नपाउनेगरि देश निकाला गरिएको बताइएको छ ।

कुवेती अधिकारीहरूले अगस्टदेखि अक्टोबरको बीचमा विभिन्न राष्ट्रियता भएका करिब १२ हजार विदेशीहरूलाई आफ्नो देश निकाला गरेको स्थानीय मिडियाले जनाएका छन् । 


सार्वजनिक नैतिक उल्लङ्घन, आवास र श्रम कानून उल्लङ्घन लगायतका विभिन्न अपराधका लागि पछिल्लो अक्टोबरमा मात्र पुरुष र महिला दुवै गरी करिब ४ हजार ३ सय, अगस्ट र सेप्टेम्बरमा गरि ७ हजार ६ सय ८५ जनालाई देश निकाला गरिएको उल्लेख छ ।

देश निकाला प्रक्रियामा कुवेतले अन्तर्गत उपप्रधानमन्त्री, आन्तरिक र रक्षा कार्यवाहक मन्त्री शेख तलाल अल-खालेदको कडा निर्देशनहरू पालना गर्दछ । पछिल्लो समय कुवेतले थप कुवेतको रेसिडेन्सी मामिला अन्तर्गत अनुसन्धान महाशाखाले रेसिडेन्सी नियमहरू उल्लङ्घन गर्ने, फरार व्यक्तिहरू र वान्टेड व्यक्तिहरूलाई पत्ता लगाउन र देश निकाला गर्न राष्ट्रव्यापी सुरक्षा अपरेसनहरू सञ्चालन गरिरहेको जनाएको छ ।

कुवेतले यसरी देश निकाला गरिएकाहरु अर्को पटकबाट कुवेत फिर्ता हुन नपाउने अवस्था हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की