२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगु सामूहिक हत्या प्रकरण: मुगु पुगेर सिआइबीले थाल्यो अनुसन्धान

२०८०, २० कार्तिक सोमबार ०५:४५

कार्तिक २०, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ। यही कात्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुगाउँमा सामूहिक हत्याका घटना भएको थियो। घटना भएको नौ दिन बितिसक्दा पनि प्रहरीबाट घटनाको दोषी पत्ता लाग्न नसकेपछि अनुसन्धानका लागि सिआइबी टोली मुगु पुगेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाका अनुसार डिएसपी धर्म भण्डारी नेतृत्वको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ। सिआइबी टोलीले स्थानीय घटनास्थल र अन्य स्थलबाट अनुसन्धान गरिरहेको छ। घटना अनुसन्धानमा सिआईबी टोली खटिएपछि पीडित परिवार पनि अनुसन्धान निष्कर्षमा पुग्नेमा विश्वस्त देखिन्छ।


यता छायानाथ रारा ६ का वडाध्यक्ष खेमराज रावलले अनुसन्धानमा सिआइबीको प्रवेशले नयाँ आशा पलाएको बताए। उनले भने, ‘सिआइबी पुग्नुअघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको एक टोलीले अनुसन्धान गरिरहेका थिए।’

घटनास्थल अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको छ। ‘सिआइबी टोली मुगु पुगेपछि केही आशा जगाएको छ’, अध्यक्ष रावलले भने।

घटनाका बारेमा विस्तृत बुझ्नका लागि कर्णाली प्रदेशका डिआईजी भीमप्रसाद ढकाल आफैं जिल्ला पुगेका थिए। आफन्तले प्रहरीले दोषी पत्ता नलगेसम्म शव नबुझ्ने बताइरहेका थिए, तर प्रहरीले जसरी पनि घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाएपछि कात्तिक १७ गते मृतकको सामूहिक दाह संस्कार गरिएको थियो।

मृतक श्रीदेवीका पति दीपक किरियामा बसेका छन्। छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलाई सम्झाइबुझाइ गरेपछि दीपक बोहोरा शव बुझ्न र दाह संस्कार गर्न सहमत भएका हुन्। कात्तिक ८ गते बुधबार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान मात्रै पाएको थियो।

जानकारीपश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृत अवस्थामा फेला पारेको थियो। वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका पति दीपक बोहोरा घर पुगेपछि सोही दिन प्रहरीले चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पु¥याएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल