2026-09-07 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गजामा इसराइलको आक्रमणबाट ९ हजार ७७० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी |  इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ।

बिबिसीका अनुसार इसराइल-हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ

अक्टोबर ७ (असोज २०) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो।

हमासले इसराइलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो।

प्रतिआक्रमणमा उत्रिएको इसराइलले गजाबाट हमास सक्काउने योजनासहित हवाई हमलासँगै जमिन र समूद्रबाट पनि आक्रमण गरिरहेको छ।

इसराइलले शरणार्थी शिविर र अस्पातालहरूमा हमासका लडाकुहरू लुकेर बसेको दाबी गरेको छ।

उसले आइतबार गजापट्टीको अल-मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा त्यहाँ ३० जनाभन्दा बढीको मृत्यु भएको हमास शासित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

गत मंगलबार र बुधबार इसराइलले गजाको बाक्लो आवादी भएको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो।

उसले हमासका युनिट कमान्डरलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेपनि त्यहाँ दर्जनौं नागरिकहरू मारिएका थिए।

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले उक्त आक्रमणमा हमासका युनिट कमान्डरहरू इब्राहिम बियारी र मुहम्मद एसार मारिएको दाबी गरेको थियो।

गजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आह्वानलाई  इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अस्वीकार गर्दै आतंकवादविरूद्ध आत्मसमर्पण नगर्ने बताएका थिए।

लगातारको आक्रमणबाट गजामा हमासका २ हजार ५ सय भन्दा बढी क्याम्प ध्वस्त बनाएको आइडिएफको दाबी छ।

उसले उत्तरी गजाबाट नागरिहरूलाई दक्षिणमा सार्न समेत चेतावनी दिइरहेको छ।

यसबीच मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्यालेस्टाइनी प्रशासनका प्रमुख मोहमुद अब्बाससँग भेटवार्ता गरेका छन्।

भेटमा अब्बासले गजामा  युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्।

ब्लिन्केनले भने गजामा आम नागरिकहरूको मृत्यु हुने अवस्थालाई रोक्नुपर्ने बताएका छन्। उनले अक्टोबर ७ पछि इसराइललाई आत्मरक्षाको अधिकार रहेको पनि बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

गजामा इसराइलको आक्रमणबाट १५ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता