2026-07-28 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारका पेशेवर ठग: अमृत कुमार नेपाली ! पटक-पटक यिनै ठगको सिकार बन्दै युवाहरु

अनिल अधिकारी । कात्तिक २०, काठमाडौँ । दुई बर्ष अघि इमेल मार्फत बुटवलका गोपाल प्रसाद पन्थीले आफूहरु सहित ‘५० जनालाई रोजगारको प्रलोभनमा क्रोएसिया पठाइदिने भन्दै उदयपुर (साविक साउने-७) घर भएका अमृत कुमार नेपालीले ठग्यो’ भन्दै गुनाशो गरे । तात्कालिन रिपोर्ट अनुसार ठगि गिरोहमा संलग्न अमृतले ५० जनालाई नक्कली भिसा देखाएर प्रतिव्यक्ति एक लाख ५० हजारदेखि ३ लाखसम्मको दरले रकम उठाएको गुनाशो थियो । 

त्यतिबेला ठगिमा संलग्न अमृतले युवाहरुलाई श्रम गर्ने भनेर काठमाडौँ बोलाएका थिए । तर त्यसपछि उनि सम्पर्कबिहीन बने । ठगिमा संलग्न अमृतले प्रभु बैंकको खाता नम्वर ०३८०१७२५५९२०००१ देखाएर ठगिको पैसा बटुलेका थिए । युवाहरुले प्रमाणको लागि उनलाई बैंकमा भौचरनै भरेर ‘वैदेशिक रोजगार’ प्रयोजननै उल्लेख गरि रकम जम्मा गरेको पाइएको थियो । त्यस क्रममा पन्थीजस्तै अमृतको ठगि चंगुलमा परेका अर्का युवा गणेश आचार्यले बैदेशिक रोजगार बिभाग काठमाडौँमा आई उजुरी दर्ता गराए । उजुरी परेपछि बिभागले २०७८ बैशाख ९ गते कसुरदार पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्यो । उक्त पत्राचार अनुसार ठगीमा संलग्न अमृत कुमार नेपाली उदयपुर त्रियुगा नगरपालिका वडा नम्वर १४ स्थाई घर भएका धन बहादुर सार्कीका छोरा रहेको उल्लेख छ । पत्राचार अनुसार अमृत ललितपुरको इमाडोल बस्दै आएको अन्दाजी २७ बर्षीय रहेको बिभागको पत्रमा उल्लेख छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २०७८ बैशाख ९ मै अमृत कुमार नेपालीलाई पक्राउ गर्न भन्दै ललितपुर स्थित प्रहरी कार्यालयलाई पत्रचार गरेको थियो । तर उनलाई प्रहरीले हालसम्म पक्राउ गरेको छैन ।

ठगि जारी छ…

तिनै अमृत कुमार नेपालीको ठगि सृंखला अझै जारी रहेको पाइएको छ । नेपाल प्रहरीलाई बिभागले पक्राउ गर्नु भन्दै २ बर्ष अघिनै पक्राउ पुर्जी जारी भएपनि हालसम्म फरार रहेका अमृतले ठगि धन्दा जारी राखेक छन् । हामीलाई प्राप्त गुनाशो अनुसार केहि दिनअघि तिनै अमृत कुमार नेपाली मार्फत ठगिएको भन्दै काभ्रेका सुमन बहादुर लामा हाम्रो सम्पर्कमा आएका छन् । निरन्तर वैदेशिक रोजगारको प्रलोभनमा ठग्न पल्किएका अमृतले लामासँग दुई लाख ५० हजार ठगेका छन् ।

गत पुसमा अमृतले आफू टर्कीमा रहेको भन्दै नेपालमा आफ्नो एजेन्टले रोजगार सम्बन्धि सबै सहयोग गर्ने भन्दै रकम अशुली गरेको पाइएको छ । हाल ठगि गिरोहमा संलग्न अमृतले श्रीमतीको बैंक खाता प्रयोग गरेर ठगि गर्ने गरेको पाइएको छ । उनले पछिल्लो समय युवाहरुसँग ग्लोबल आइएमई बैंक असन शाखाको खाता नम्वर T907010040141 मा गोमा नेपाली नामको खातामा रकम हाल्न लगाई ठग्दै आएको पाइएको हो ।

पीडितका अनुसार सुरुमा क्रोएसिया पठाइदिने भन्दै प्रलोभनमा पारेर ४० हजार ठगि गरेको त्यसपछि फेरी पोल्याण्ड पठाइदिने भन्दै थप दुई लाख १० हजार ठगि गरेको पाइएको छ । पीडित लामाले अमृतले आफूलाई जस्तै अरु धेरैलाई ठगेको हुनसक्ने बताए । लामाका अनुसार अमृतले विदेशमा छु भन्दै नेपालमा रहेको ‘डकुमेन्ट सेवा’ व्हाट्सएप चलाउने व्यक्तिलाई हवाला दिँदै आफूले वैदेशिक रोजगारमा पठाउने बताएका थिए । तर पैसा अशुली गरेपछि अहिले व्हाट्सएपमा कहिलेकाही मात्र अनलाइन देखाउने र पैसा माग्दा पछि दिन्छु भन्दै टार्दै आएको पाइएको छ । 

अमृत कुमार नेपालीको कागजातका आधारमा थप बुझ्दा उनको पासपोर्ट नम्बर ११३७६५६८ रहेको छ । जस अनुसार उनले २०२०/०२/०४ मा टर्की रोजगारमा जान नेपाल सरकारबाट व्यक्तिगत श्रम स्वीकृति लिएको देखिन्छ । श्रम स्वीकृतिको आधारमा उनले टर्कीको Side Partners Saglik Turizm Ve Ticaret Ltd Srl मा रोजगारमा गएको बुझिन्छ । तर २०२१ मा ५० जना युवा ठगिएको र २०२३ को सुरुवातमा पनि तिनै अमृत कुमार मार्फत युवाहरु ठगिएको रिपोर्ट यस मिडियामा प्राप्त भईरहँदा यीनले वैदेशिक रोजगार अन्तर्गत ठगिको पेशेवर धन्दा चलाईरहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै