२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसा: चार कन्सल्टेन्सी संचालक सहित १३ जना पक्राउ, ७ बर्ष जेल हुनसक्ने

२१ कार्तिक २०८०, मंगलवार ०४:१६

कात्तिक २१, काठमाडौँ । नक्कली भिजिट भिसामा पठाउने प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारैजना फरक कन्सल्टेन्सीका सन्चालक हुन् । आइतबार पक्राउ परेका चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ए.सि.ई. कन्सल्टेन्सीका सञ्चालक ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भइ हाल ललितपुर इमाडोलमा रहेको प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक ४५ वर्षीय गोपाल रिमाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं नयाँबजार बस्ने निप्पोन कन्सल्ट्यान्सीका सञ्चालक ३२ वर्षीय पशुपति मैनाली र भद्रपुर नगरपालिका–१० घर भइ काठमाडौं बुढानीलकण्ठ बस्ने एस टु अब्रोड कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सागर चापागाईं रहेका छन् ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चार जनालाई कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा चापागाईंलगायतका व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई विभिन्न व्यक्तिका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको दुई सय ३० वटा छापसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरीएको हो । पक्राउ परेकाहरूलाई लिखतसम्बन्धी कसुरको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । अभियोग पुष्टि भएमा उनीहरूलाई सात वर्षसम्म कैद सजाय र जरिवाना हुने व्यवस्था रहेको छ ।

आइतबार मात्रै भिजिट भिसा प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ बर्षीय भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भइ हाल काठमाडौं नागार्जुन नगरपालिका–इचंगुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यस्तै पक्राउ पर्नेहरुमा गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ र काठमाडौंका साईरस विशंखे रहेका छन् ।

उनीहरूबाट राहदानीसहितका १ हजार ३२ थान नक्कली कागजात, नक्कली बैंक स्टेटमेण्ट १३९ थान, नक्कली नाता प्रमाणित १५ थान, नक्कली प्रहरी रिपोर्ट २५ थान, ४० वटा नक्कली श्रम स्वीकृति, १३ वटा कोभिड–१९ को नक्कली क्युआर कोड, १२ कक्षाको नक्कली सर्टिफिकेट ६१ वटा, एसएलसीको नक्कली सर्टिफिकेट ३ वटा बरामद भएको प्रहरीले बताएको छ । उनीहरूले हजारौं व्यक्तिलाई नक्कली कागजात बेचेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै