2026-06-28 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकाले न्युजिल्यान्डलाई दियो १७२ रनको लक्ष्य

कार्तिक २३, काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिहीबारको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । बेंगलौरस्थित एन. चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४६.४ ओभरमा अलआउट हुनुअघि एक सय ७१ रनमात्र बनाउन सक्यो । 

ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिने उक्त स्टेडियममा प्रारम्भदेखि नै श्रीलंकाली खेलाडी निरिह देखिए । माथिल्लो क्रममा ओपनर कुशल परेरावाहेक श्रीलंकाका अन्य कुनै ब्याट्सम्यानले न्युजिल्यान्डका बलरहरुलाई खुलेर खेल्न सकेनन् ।  

टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको श्रीलंकाका लागि परेराले सर्वाधिक ५१ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका परेराले केवल २८ बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । 


श्रीलंकाका माथिल्ला पाँचमध्ये चार ब्याट्सम्यानले दोहोरो सँख्यामा समेत रन बनाउन सकेनन् । ओपनर पाथुम निशांका दुई रन बनाउँदै पेभेलियन फर्किए । कप्तानको भूमिकामा रहेका तेस्रो नम्बरका ब्याट्सम्यान कुशल मेन्डिस पनि ६ रनको ब्यक्तिगत स्कोरमै आउट भए । 

चौथो नम्बरका ब्याट्सम्यान सदिरा समिराविक्रमा त एक रनमै आउट भए । चरिथ असलाङ्का पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । एन्जेलो म्याथ्युजले टोलीको खातामा १६ रन थपे । धनन्जय डा सिल्भा १९ रन बनाउँदै आउट भए । 

टोली अप्ठ्यारो स्थितिमा रहँदा तल्लो क्रमका ब्याट्सम्यान महिश थाक्सिनाले महत्वपूणर् पाली खेले । उनले टोलीको खातामा अविजित ३९ रन थपे । लामो समय क्रिजमा सँघर्ष गरेका उनले ९१ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । दिल्सान मदुसानकाले पनि टोलीका लागि ४८ बलमा दुई चौकाको मद्दतले १९ रनको योगदान गरे । 

न्युजिल्यान्डका बलर ट्रेन्ट बल्टले तीन विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै ३७ रन खर्चिएका थिए । लोकी फर्गुसन, मिचेल सान्टनर र रचिन रविन्द्रले पनि दुई—दुई विकेट हात पारे । टिम साउथीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी