2026-07-24 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगु सामूहिक हत्याकाण्डमा दुई पक्राउ, लुटपाटको उद्देश्यले हत्या भएको निष्कर्ष

कार्तिक २४, काठमाडौँ | मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए ।

लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार, मृतकले प्रयोग गर्ने मोबाइलको मोबाइल, सीम कार्ड लगायत पनि बरामद भएको छ ।

घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो ।

सीआईबीका एक अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको छ ।’ पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन् । पक्राउ परेकाहरुलाई शुक्रबार मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

मृतक श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । भोलिपल्ट घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको थियो ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरू खोजी गरेका थिए ।

त्यसक्रममा फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ढोका फोडेर हेरेका थिए । त्यसक्रममा चार जना मृत भेटिएपछि प्रहरीलाई खबर छिमेकीले खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक