२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलको धम्की: लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिन्छौँ

२०८०, २६ कार्तिक आईतवार ०२:४३

कत्तिक २६, काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।

रक्षामन्त्री गेलेन्टले भनेका छन्, ‘हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेको छ । यसको परिणाम लेबनानका नागरिकले भोग्ने छन् । हामीले अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा हामीलाई थाहा छ । बेरुतको पनि त्यसै हालत हुनेछ, जो गाजाको छ ।’


इजरायलका रक्षामन्त्री योआब गेलेन्ट

प्यालेस्टाइन चरमपन्थी समूह हमासले गत असोज २० गते इजरायलमा एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले युद्ध घोषणा गर्दै हवाई र स्थल कारबाही सुरु गरेको थियो ।

हमासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ । इजरायलको आक्रमणबाट बालबालिकाहरुसहित १० हजार जतिको मृत्यु भएको अनुमान छ ।

इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानतर्फबाट इजरायलमा आक्रमण जारी राखेको छ ।

लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति शनिबार दिएका थिए ।

हिजबुल्लाहको टेलिभिजनबाट सार्वजनिक भाषणमा उनले इजरायलमाथि दक्षिणी लेबनानतर्फबाट आक्रमण जारी राख्ने बताएका छन् । ‘यो आक्रमण गाजामा चलिरहेको इजरायल-हमास युद्धमा प्यालेस्टिनी जनताको समर्थनका लागि हो,’ उनले भनेका छन् ।

हिजबुल्लाहका नेताको यही भाषण सार्वजनिक भएपछि इजरायलले कडा प्रतिक्रिया जनाएको हो ।

इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताए । उनले इजरायलविरुद्ध इस्लामिक देशहरुलाई एकजुट हुन अपिलसमेत गरेका थिए ।

शनिबार नै साउदी अरबको राजधानी रियादमा इस्लामिक र अरब देशहरुको संयुक्त सम्मेलन आयोजना गरिएको थियो । ‘आपतकालीन’ र ‘असाधारण’ भनिएको यो सम्मेलनले इजरायललाई तुरुन्त संघर्ष विराम गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ