१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महावीर पुनसहित १० जना सम्मानित

२६ कार्तिक २०८०, आईतवार ०६:२०

कार्तिक २६, काठमाडौँ | वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसहित १० जना व्यक्ति सम्मानित भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पुनसँगै प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा.सन्दुक रुइत, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।


त्यस्तै फाउन्डेसनले वरिष्ठ समालोचक एवम् साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवम् गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवम् साहित्यकार डाक्टर फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेमप्रकाश सिटौला, पत्रकार एचवी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ । 

हरेक वर्ष विभिन्न पेशा, व्यवसायमा सक्रिय रहँदै आएका  विज्ञ, संस्था, समाजसेवी र स्रष्टाहरूलाई सम्मान गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवम् संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए ।

इन्जिनियर इश्वरकान्तले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउन्डेसन सञ्चालन गरेका हुन् ।  आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बाबुआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउन्डेसन खोलेको उनी बताउँछन् ।

सिटौलाको यो संस्थाले गरिब, दिन दुःखी, अनाथ, असहायहरूको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउन्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरूलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार