2026-07-25 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महावीर पुनसहित १० जना सम्मानित

कार्तिक २६, काठमाडौँ | वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसहित १० जना व्यक्ति सम्मानित भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पुनसँगै प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा.सन्दुक रुइत, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै फाउन्डेसनले वरिष्ठ समालोचक एवम् साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवम् गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवम् साहित्यकार डाक्टर फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेमप्रकाश सिटौला, पत्रकार एचवी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ । 

हरेक वर्ष विभिन्न पेशा, व्यवसायमा सक्रिय रहँदै आएका  विज्ञ, संस्था, समाजसेवी र स्रष्टाहरूलाई सम्मान गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवम् संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए ।

इन्जिनियर इश्वरकान्तले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउन्डेसन सञ्चालन गरेका हुन् ।  आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बाबुआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउन्डेसन खोलेको उनी बताउँछन् ।

सिटौलाको यो संस्थाले गरिब, दिन दुःखी, अनाथ, असहायहरूको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउन्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरूलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक