2026-06-28 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकदिवसीय विश्वकपः लिगका सबै खेलमा भारत अपराजित, बुधबारदेखि सेमिफाइनल

कार्तिक २७, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ।

आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ।

लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो।

टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्स ४७.४ ओभरमा २५० रन बनाएर अल आउट भएको थियो।


भारतको जितमा केएल राहुल र श्रीयास ऐयरले शतक प्रहार गरे भने रोहित शर्मा शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाएका थिए।

जवाफमा नेदरल्याण्ड्सका तेजा निदामनुरूले ५४ रनको अर्धशतकीय पारी खेले। सिब्राण्ड एंगलब्रेक्टले ४५ रन, कोलिन एकरमनले ३५ रन बनाएका थिए।

नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न भारतका जस्प्रित बुमरा, मोहम्मद सिराज, कुलदिप यादव र रविन्द्र जडेजा २/२ विकेट लिए। रोहित शर्मा र विराट कोहलीले पनि एक/एक विकेट लिए।

यसपालिको विश्वकपमा उच्च लयमा देखिएको भारत लिग चरणका सबै खेलहरूमा अपराजित रह्यो। भारत ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।

भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड नक आउट चरणमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ खेल जितेको थियो। अष्ट्रेलियाले ७ र  न्युजिल्याण्डले ५ खेल जित्दै नकआउट पुगेका हुन्।

४ खेलमात्रै जितेको पाकिस्तान लिग चरणबाट बाहिरिएको छ।

नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ।

नकआउट चरणका खेल बुधबारबाट सुरू हुनेछ।

बुधबार पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ।

बिहीबार दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुनेछ।

सेमिफाइनलमा जित्ने दुई टिमले एकदिवसीय विश्वकपको उपाधिका लागि खेल्नेछ। फाइनल खेल मंसिर ३ गते आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी