५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकदिवसीय विश्वकपः लिगका सबै खेलमा भारत अपराजित, बुधबारदेखि सेमिफाइनल

२७ कार्तिक २०८०, सोमबार ०६:०४

कार्तिक २७, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ।

आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ।

लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो।

टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्स ४७.४ ओभरमा २५० रन बनाएर अल आउट भएको थियो।


भारतको जितमा केएल राहुल र श्रीयास ऐयरले शतक प्रहार गरे भने रोहित शर्मा शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाएका थिए।

जवाफमा नेदरल्याण्ड्सका तेजा निदामनुरूले ५४ रनको अर्धशतकीय पारी खेले। सिब्राण्ड एंगलब्रेक्टले ४५ रन, कोलिन एकरमनले ३५ रन बनाएका थिए।

नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न भारतका जस्प्रित बुमरा, मोहम्मद सिराज, कुलदिप यादव र रविन्द्र जडेजा २/२ विकेट लिए। रोहित शर्मा र विराट कोहलीले पनि एक/एक विकेट लिए।

यसपालिको विश्वकपमा उच्च लयमा देखिएको भारत लिग चरणका सबै खेलहरूमा अपराजित रह्यो। भारत ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।

भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड नक आउट चरणमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ खेल जितेको थियो। अष्ट्रेलियाले ७ र  न्युजिल्याण्डले ५ खेल जित्दै नकआउट पुगेका हुन्।

४ खेलमात्रै जितेको पाकिस्तान लिग चरणबाट बाहिरिएको छ।

नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ।

नकआउट चरणका खेल बुधबारबाट सुरू हुनेछ।

बुधबार पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ।

बिहीबार दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुनेछ।

सेमिफाइनलमा जित्ने दुई टिमले एकदिवसीय विश्वकपको उपाधिका लागि खेल्नेछ। फाइनल खेल मंसिर ३ गते आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने