२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिका र चीन उच्च तहमा वार्ताः पृथ्वीमा दुइवटा सुपरपावर मात्र रहन सक्ने

२०८०, ३० कार्तिक बिहीबार ०९:०७

कात्तिक ३०, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन  र चीनका राष्ट्रपति सी जिनपिंगले बुधवार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो । यो अवसरमा दुइ देशका वीच फेरि मिलिट्री कम्युनिकेशन शुरू गर्ने बिषयमा सहमति भएको छ ।

अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा सी जिनपिंगले भनेका थिए, ‘अमेरिका ताइवानलाई हतियार दिन छोडोस् । उसले एक चीन नीतिको समर्थन गर्नुपर्छ जसलाई पन्छाउन सम्भव छैन ।’ चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाका अनुसार, राष्ट्रपति सीको भनाई थियो, ‘चीन अमेरिकालाई पछि पार्न या उसको स्थान लिन चाहँदैन तर अमेरिका पनि चीनलाई तनाव दिन बन्द गरोस् ।’


चिनियाँ विदेश मन्त्रालयका अनुसार, सीले भने, ‘चीनको एक्सपोर्टमा नियन्त्रण, लगानीको परीक्षण र एकतर्फि प्रतिवन्धले चीनको स्वार्थमा हानी पुर्याईरहेको छ । चीनको विज्ञान र प्रविधिलाई दवाएर उसको बिकास यात्रामा अवरोध पुर्याउने काम भैरहेको छ ।’

न्यूयोर्क टाइम्सले लेखेको छ, चिनियाँ राष्ट्रपति सीले स्पष्टसँग भने, यो धरती यति धेरै विशाल छ कि यहाँ दुइवटा सुपरपावर मात्र रहन सक्छन् । हाम्रो देश विल्कुल फरक छ तर हामी अझ माथि उठ्न सक्छौं । चीन र अमेरिका जस्ता दुइ ठूला देशका लागि एक अर्काको अहित चाहनु कुनैपनि कुराको विकल्प हुनसक्दैन । दुइ देशवीचको संघर्ष र टकरावको परिणाम खतरनाक हुन सक्ने छ ।’

द्विपक्षीय बैठक भन्दा अघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र चिनियाँ विदेश मन्त्री वांग यी पनि सहभागी थिए । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘कम्यूनिस्ट देशहरु नै तानाशाही सञ्चालन गर्दछन् । सी जिनपिङ एक यस्ता तानाशाह हुन् जो कम्युनिस्ट देश चलाईरहेका छन् । चीनको सरकार हाम्रो सरकार भन्दा बिल्कुल अलग छ ।’ 

पत्रकार सम्मेलनका अवसरमा बाइडेनले भनेका थिए, ‘ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मेरो धेरै राम्रो कुराकानी भयो । परस्पर चासोका बिषयमा गम्भीर र सकारात्मक छलफल भए । मैले ताइवान मुददका बारेमा आफ्नो धारणा स्पष्ट भनिदिएँ । हामी एक चीन नीतिको समर्थन गर्छौं र कहिल्यै फेरबदल गर्ने छैनौं ।’

यसअघि बाइडेनले सीसँग कुराकानी गर्दा भनेका थिए, ‘म हामीवीचको बातचीतलाई महत्व दिन्छु, किनभने मलाई लाग्छ कि हामी एकअर्कालाई प्रष्टसँग बुझौं । यहाँ एक नेता अर्को नेतासँग कुराकानी गरिरहेको छ । हाम्रावीच कुनै अन्यौल र भ्रम नरहोस् । हामीवीचको प्रतिस्पर्धा संघर्षमा नबदलियोस् ।’

न्यूक्लियर कमाण्डबाट टाढा रहने सहमति

बाइडेन र सीबीच वन–टु–वन बैठकपछि बाइडेनले घोषणा गरे, ‘चीन फेन्टानिल ड्रगको कम्पोनेन्ट्समाथि नियन्त्रण गर्ने छ जसले अमेरिकाको ड्रग समस्यामा लगाम लगाउन सक्ने छ । यसको सट्टा दुवै देश एआईको न्यूक्लियर कमान्डबाट टाढा राख्ने कुरामा सहमत भएका छौं ।’

दुइ देशका राष्ट्राध्यक्षहरुवीच करीब २ घण्टा कुराकानी भएको थियो । यी दुइ नेता पछिल्लो पटक गत वर्ष २०२२ को नोभेम्वरमा भेटेका थिए ।

बाइडेन र सीवीच व्यक्तिगत र पारिवारीक प्रसंगमा पनि कुराकानी भएको थियो । वाईडेनले सीकी पत्नीलाई उनको जन्मदिनका लागि वधाई र शुभकामना पनि दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता