2026-09-07 09:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि…

कात्तिक ३०, काठमाडौं । युको बैंक अफ इण्डियाले, गल्तीले अन्य खातामा जम्मा भएको ६ सय ४९ करोड भारतीय रुपैयाँ पुन आफ्नो खातामा फर्काएको छ । 

तत्काल भुक्तानी सेवा मार्फत केही खाताहरूमा गल्तीले जम्मा भएको भारतीय रुपैंयाँ ८ सय २० करोड मध्ये ७९ प्रतिशत अर्थात ६ सय ४९ करोड रुपैयाँ खातामा फिर्ता ल्याइएको हो । 

युको बैंकले धितोपत्र बजारलाई दिएको जानकारीमा बैंकले तत्काल हस्तक्षेप गरेर ऋण लिने व्यक्तिको खाता रोक्का गरेको जनाएको छ । 

बैंकले बाँकी रहेको भारु १ सय ७१ करोड असुल गर्न आवश्यक कारबाही अघि बढाइएको जनाएको छ । 

यस विषयमा आवश्यक कारबाहीका लागि अनुगमन गर्ने निकायलाई पनि जानकारी गराइएको छ ।

प्राविधिक त्रुटि वा ह्याकिंग?

सार्वजनिक क्षेत्रको बैंकले प्राविधिक गडबडी मानवीय त्रुटि वा ‘ह्याकिंग’ प्रयासबाट भएको हो भन्ने अझै स्पष्ट गरेको छैन । आईएमपीएस प्लेटफर्म भारतीय राष्ट्रिय भुक्तानी निगमद्वारा संचालित छ । 

युको बैंकका ग्राहकहरुले बुधबार प्राविधिक गडबडीको सामना गर्नु परेको थियो । जसका कारण उनीहरुले ग्राहक तत्काल भुक्तानी सेवा (आईएसपी) मार्फत कारोबार गर्न सकेका छैनन् । त्यसपछि बैंकले एक्सएएक्समार्फत भुक्तानी गर्ने सेवा अस्थायी रूपमा बन्द गरेको थियो । मर्मतसम्भार गर्दा शतप्रतिशत सेवा उपलब्ध हुन नसकेको बैंकको आधिकारिक वेबसाइटमा उल्लेख छ । बुधवार प्राविधिक गडबडीका कारण अन्य बैंकमार्फत युको बैंकमा भुक्तानी गर्दा रकम काटिए पनि बैंकमा कर्जा दिन सकेको छैन ।

तत्काल भुक्तानी सेवामार्फत मानिसहरूले इन्टरनेट र फोन बैंकिङ मार्फत तुरुन्तै पैसा पठाउने र प्राप्त गर्ने सुविधा पाउँछन् । वास्तविक समय लेनदेनको कारण, धेरै मानिसहरूले यो भुक्तानी सेवा प्रयोग गर्छन् । एक्सएएक्स मार्फत एकजना ग्राहकले एउटा खाताबाट एक दिनमा अधिकतम ६ लाख रुपैयाँ पठाउन सक्छ । (नवभारत टाईम्सबाट)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ