2026-07-25 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उर्लाबारी आगलागी घटनामा परेर घाइते भएका ६ जनाको अवस्था गम्भीर

मङ्सिर १, काठमाडौँ | मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

शुक्रवार घाइतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिनुभएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन् ।

उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन् । उनले जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने बताइन् । उनले चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको बताइन्।

उनले भनिन्, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरु काममा लागिरहनुभएको छ । यसको बेटर म्यानेजमेण्ट गर्नेछौँ । ६ जनाको अवस्था क्रिटिकल्ली छ ।’

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताए । उनले अमेरिकाबाट आइतवारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराए । उनले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले भने ‘५/६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आईतवार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौँ । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरुलाई निको पार्नेछौँ ।’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक