१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ

१ मंसिर २०८०, शुक्रबार ११:३२

मङ्सिर १, गुलरिया | बर्दियाको गुलरियामा सामूहिक कुटपिटबाट भएको हत्यामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। यो घटनामा अझै ३ जना फरार रहेको प्रहरीले जनाएको छ।

गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या भएको थियो। पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, १८ वर्षीय किशोर, गुलरिया नगरपालिका-५ बस्ने १९ वर्षीय दिपेश बुढामगर, गुलरिया नगरपालिका-८ बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका-८ बस्ने १९ वर्षीय दिनानाथ चौधरी, गुलरिया-४ बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका(३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।

गुलरिया नगरपालिका-५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार