2026-11-01 08:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेट: भारत भर्सेस अस्ट्रेलिया, किन हुँदैछ २००३ को फाइनल खेलको चर्चा?

मङ्सिर १, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलको समीकरण पूरा भएको छ। फेरि एकपटक विश्वकप क्रिकेटको उपाधिका लागि चिर परिचित भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्।

बिहीबार राति पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई संघर्षपूर्ण खेलमा जित हात पारेर भारतसँगको फाइनल खेल तय गरेको थियो। भारत भने यो विश्वकपमा हालसम्म सबै खेलमा जित हात पार्दै फाइनल पुगेको छ। भारतले १० खेलमा जितेर फाइनलमा पुग्दा अस्ट्रेलिया ८ खेलमा जित हात पारेको छ।

लिग चरणको खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको थियो। तर यो फाइनल खेल भएका कारण नजिता जे पनि हुनसक्ने खेल विश्लेषकहरुको दाबी छ। यदि बिहीबार अस्ट्रेलिया पराजित भएर दक्षिण अफ्रिका प्रतिद्वन्द्वी पाएको भए भारतका लागि सहज हुने पूर्व क्रिकेटरहरुको दाबी छ।

तर दबाब र महत्त्वपूर्ण खेलमा जित निकाल्ने अस्ट्रेलियाको विगतका कारण भारत सजग हुनुपर्ने भारतीय पूर्व क्रिकेटरहरुको विश्लेषण छ। धेरैले यो विश्वकपको फाइनललाई २००३ को वर्ल्डकप फाइनलसँग तुलना गरिरहेका छन्। जसमा भारत अस्ट्रेलियासँग पराजित भएको थियो।

उक्त विश्वकपमा अस्ट्रेलियाका कारण उपाधिमा ह्याट्रिक गर्नबाट चुकेको भारतका लागि फेरि पनि उस्तै नहोस् भन्ने उनीहरुको विश्लेषण छ। तर २००३ र २०२३को टिम इन्डियामा धेरै फरक रहेको र २० वर्षपछि फाइलन पुगेको भारतीय टिम धेरै बलियो भएको विश्लेषकहरुको दाबी छ।

को कति पटक पुग्यो फाइलनमा? 

हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँचपटक जितेको छ भने भारतले दुई पटक जितेको छ। वेष्ट इन्डिजले दुई पटक, इंग्ल्याण्ड, श्रीलंका र पाकिस्तानले एक/एक पटक जितेका छन्। 

अस्ट्रेलिया : पाँच पटक १९८७, १९९९, २००३, २००७, २०१५ र दुई पटक १९७५ र १९९६ मा फाइलनमा पुगेको थियो। 

भारत : हालसम्म दुई पटक जितेको १९८३ र २०११ र २००३ मा फाइलनमा पुगेको

वेस्ट इन्डिज हालसम्म दुई पटक जितेको १९७५ र १९७९ मा र एक पटक १९८३ मा फाइलनमा पुगेको छ। यस पटक विश्वकप खेल्नका लागि छनोट नै नभएको। 

श्रीलंका, पाकिस्तान र इंग्ल्याण्ड : एक/एक पटक विश्वकप जितेको । इग्ल्याण्डले २०१९ मा, श्रीलंकाले १९९६ मा र पाकिस्तानले १९९२ मा विश्वकप जितेका थिए। 

इंग्ल्याण्ड: १९७९, १९८७ र १९९२ मा फाइलनमा पुगेको थियो। श्रीलंका २००७ र २०११ मा र पाकिस्तान १९९९ मा फाइलनमा पुगेका थिए। न्यूजिल्याण्ड हालसम्म विश्वकप जित्न सकेको छैन। दुई पटक २०१५ र २०१९ मा फाइलनमा पुगेको थियो।

दक्षिण अफ्रिका : हालसम्म फाइलनमा स्थान नै बनाउन नसकेको। यस पटक इतिहास बनाउने प्रयास गरे पनि अस्ट्रेलियासँग बिहीबारको हारसँगै असफल भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय