मङ्सिर ३, काठमाडौँ | चार देश सम्मिलित महिला टी–२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ ।
हङकङमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको छ ।
नेपालका लागि पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए । बलिङतर्फ जापानकी अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले १–१ विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा शनिबार जापानमाथि ६७ रनको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।