2026-07-24 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुत्तामा आचार्य राखिएकोप्रति आचार्य समाजको आक्रोश, कारबाहीको माग

मङ्सिर ३, काठमाडौं | आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ति जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ । 

आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने बताए ।

उनले जुत्तामा राखिएको आचार्यहरूको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुने गरी नाम राख्ने कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग पनि गरेको जानकारी दिए । यस्तै बैठकले  कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रक्रिया अपनाउने निर्णय गरेको छ ।

यस्तै आचार्य समाजका अगुवाहरूले अदालतमा क्षतिपूर्ति माग दाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनुपर्नेलगायतका विषय उठाएका छन् ।  प्रहरीमा उजुरी दिनका लागि अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिइएको आचार्य समाजले जनाएको छ । उक्त कम्पनीले टिसर्टमा पनि आचार्य नाम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक