2026-11-01 08:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उपाधि भिडन्तअघि के भन्छन् भारत र अष्ट्रेलियाका कप्तान ?

मङ्सिर ३, काठमाडौँ | विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा पाँचपटकको विश्वविजेता अष्ट्रेलियाविरुद्ध भारत भिड्दैछ । घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही र दबाबमा रहेको भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले बताएका छन् ।

भारत तेस्रोपटक उपाधिका लागि भिड्दैछ । विश्वकप क्रिकेट २०२३ का १० खेलमा भारतले सबै खेल जितेको छ ।  उपाधि रक्षाका निम्ति आफूहरु तयारी अवस्थामा रहेपनि  निकै दबाबमा रहेको शर्माको भनाइ छ । ‘भावनात्मक रुपमा यो निकै ठूलो विषय हो । हामीले यसपटक कुनै पनि खेलम हारेका छैनौं । हाम्रो टोली लयमा छ र हामीले यस खेलमा पनि प्रमाणित गर्नेपर्ने चुनौती छ । अर्बौं फ्यानहरुको अपेक्षाका कारण हामी निकै दबाबमा छौं । दबाबकाबीच हामी सम्पूर्ण शक्ति लगाएर मैदानमा उत्रिनेछौं ,’

प्लेयिङ ११ को सूचीमा रहेकाहरुले वैक्तिक नभएर सामूहिक चिन्तन सहित मैदानमा उत्रिने उनले बताए । ‘मसहित टोलीमा रहेका १० सदस्यको सम्पूर्ण ध्यान सामूहिक हुनेछ । उनीहरुले यस पल आफ्नो जीवनको महत्वपूर्ण पल भन्ने नठानेर समग्र टोलीका निम्ति महत्वपूर्ण क्षणका रुपमा लिनेछन्,’ शर्माले भनेका छन् ।

एक लाख ३० हजार दर्शक अटाउने यो रंगशाला भारतकै ठूलो रंगशाला हो । सन् २०११ मा भारतले उपाधि चुमेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा उत्रिएका भारतीय टोलीले श्रीलंकालाई पराजित गर्दै वांखडे रंगशालामा उपाधि उठाएको थियो ।

त्यस जित बाहके भारत सन् २००३ देखि अष्ट्रेलियासँगको भिडन्तमा निराश छ । त्यसबखत प्लेयिङ ११ मा रहेका राहुल द्रबिड हाल भारतीय क्रिकेट टोलीका प्रशिक्षक छन् । त्यसबखतका गल्ती द्रबिडले सच्याउन चाहको कप्तान रोहित शर्माको भनाइ छ । ‘हाम्रो टोली बलियो हुनुमा प्रशिक्षकको निकै ठूलो भूमिका छ । उनले दिएको मार्गदर्शनलाइ पछ्याउँदै उनले औंल्याएका गल्ती नदोहोर्‍याउँदै हामीले उनका निम्ति पनि यो खेल जित्नैपर्छ,’ शर्माले भनेका छन् ।

फाइनलमा भारतविरुद्ध मैदानमा उत्रिन अधिकांश टिमले ठूलो चुनौतीका रुपमा लिन्छन् । यसमा अपवाद भने अष्ट्रेलिया छ ।

अष्ट्रेलियाका कप्तान प्याट क्युमिनले  घरेलु मैदानमा उत्रिने भारतविरुद्ध हरेक चुनौतीको सामना गर्न आफ्नो टीम तयार रहेको बताएका छन् । ‘समर्थकहरु निसन्देह एक पक्षीय हुनेछन् । भारतलाई  विशाल समर्थन प्राप्त हुँदै गर्दा हामी हतोत्साही हुनेछैनौं । हरेक चुनौतीको सामना गर्दै खेल्न तयार छौं,’ उनले भनेका छन् ।

हुटिङमा उत्रिएका प्रतिद्वन्द्वीको विशाल समर्थकमाझ सन्नटाको स्थिति ल्याउनु जत्तिको सन्तुष्टि अरु नहुने उनी बताउँछन् । ‘खेलकुदमा प्रतिद्वन्द्वीको विशाल समर्थकमाझ सन्नाटा ल्याउनुले जति अरुले सन्तुष्टि दिंदैन । हामी यही लक्ष्यका साथ मैदानमा उत्रिंदैछौं,’ उनले भने  ।

भारतीय क्रिकेट प्रिमियर लिग आइपिएल खेलमा आफूहरुले समर्थकको साथ र आवाज दुवै सुनेकाले ती आवाज आफूहरुका निम्ति नौलो र अनौठो नलाग्ने उनको भनाइ छ । र, मैदान पनि आफूहरुका निम्ति घरेलुझैं हुने उनको प्रतिक्रिया छ । ‘आईपीएलका दौरानमा हाम्रा खेलाडीहरुले यहाँका समर्थकहरुको हुटिङ हेरेका छन् । यहाँका मैदानमा समेत पटक-पटक खेलेका छन् । हामी भारतविरुद्ध उसको घरेलु मैदानमा उत्रिए पनि हाम्रा निम्ति पनि त्यस मैदान घरेलुजस्तै रहेको मानसिकता सहित मैदानमा उत्रिंदैछौं,’ क्युमिनले भनेका छन् ।

भारतलाई आफूहरुले गतिलै चुनौती दिनेमा क्युमिन विश्वस्त छन् । ‘१० खेल मध्ये कुनै पनि खेलमा भारत अपराजित रहेको कुरामा हामी सचेत छौं । र भारतलाई हामी गतिलै चुनौती दिनेछौं भन्नेमा विश्वस्त पनि,’ उनको भनाइ छ ।

कोको हुनेछन् भारतीय टोलीमा ?

अष्ट्रेलियाविरुद्ध कप्तान रोहित शर्मा, शुभमन गिल, बिराट कोहली, श्रेयस ऐय्यर, एकल राहूल, स‍ूर्यकुमार यादव उत्रिनेछन् । उनीहरुसँगै रवीन्द्र जडेजा, जसप्रित बुम्राह, मोहम्मद शामी, कुलदीप यादव र मोहम्मद सिराजलाई मैदानमा उतार्ने तयारी छ ।

अष्ट्रेलियाले भने अतिरिक्त अलराउण्डर थप्ने निर्णय लिएमा मार्कस स्टोनिसलाई टोलीमा समावेश गर्नसक्ने सम्भावना छ । प्याट क्मुमिनसको कप्तानीमा भारतविरुद्ध उत्रिंदा डेविड वार्नर, ट्रेविस हेड, मिचेल मार्स, स्टिभ स्मिथ टोलीमा हुनेछन् । यस्तै मार्नस लाबु-सेन, जोस इंलिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, अदम जम्पा, जोस हेजलहुडलाई मैदानमा उतार्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय