मङ्सिर ३, काठमाडौँ | विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारत ५ रनको अन्तरमा दुई विकेट गुमाएपछि दबाबमा परेको छ ।
भारतले ११ ओभरमा ३ विकेट गुमाएर ८३ रन जोडेको छ । कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए ।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र प्याट कुमिन्सले एकएक विकेट लिए । ३० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले ७६ रनमा दोस्रो र ८१ रनमा तेस्रो विकेट गुमाएको छ । अय्यरले पछिल्ला लगातार दुई खेलमा शतक बनाएका थिए ।