मङ्सिर ३, काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । ट्राविस हेडको शतकसँगै मार्नश लाबुेशेनको टिकाउ पर्दर्शनको कारण अष्ट्रेलियाले उपाधि जित्न सफल भएको हो ।
हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । त्यसपछि आएका म्याक्सवेलले पहिलो बलमा २ रन लिएर उपाधि जिताउनमा भूमिका खेले ।
यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।