मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्"/>
2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दशैंसँगै मोहर्रम पर्वको रौनक नवलपरासीमा पनि छायो

मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्लाम धर्मको हिजरी क्यालेन्डर अनुसार मोहर्रम महिनाको हरेक १० तारिखमा मनाईने यो पर्व महिनाको सुरुवात सँगै १ तारिखवाट सुरु भएको मानिन्छ । धार्मिक सहिष्णुता कायम रहेको जिल्ला नवलपरासीमा दशैंको रौनक छाएको बेला दशैं मनाउनेहरु भजन किर्तनमा ब्यस्त रहेका छन् भने मोहर्रम पर्व मनाउने खासगरि मुस्लिम समुदायहरुले विशेष गरि रातीको समयमा थकरी खेल्ने , जारी गाउने , ढोल बजाउने लगायतका धार्मिक कार्य गर्दै मोहर्रम पर्व मनाईरहेका छन् ।

यसरी नवलपरासीवाट धार्मिक सहिष्णुताको सन्देश पर्वाह भएको देखिन्छ । नेपालको खासगरि तराईमा ताजियाको निर्माण गरि मनाईने यो पर्व सिमावर्ति क्षेत्रमा यो वर्षपनि विशाल ताजियाहरु निर्माण गरि मनाउदै छन् । यो वर्ष मोहर्रम महिनाको १० तारिख विजया दशमीको भोली पल्ट २६ गते परेको छ । नवलपरासीको गेर्मि , बन्जरिंया , भुजहंवा , रामपुर खडौना , हकुई लगायतका स्थानमा विशाल ताजियाहरु निर्माण गरिएको छ भने हरेक गाँउमा सानो ताजिया निर्माण गरि मोहर्रम १० तारिखका दिन करबला ( मुस्लिमहरुको दाह संस्कार गर्ने ठाँउ ) मा मेला सम्पन्न गरि ताजिया सेलाउने गरिन्छ । परम्परा अनुसार १ तारिखदेखि टोलटोलमा मोहरमको ढोल बजाउने , ढोल मिलान , मेहन्दी मिलान जुलुस, लाठी मीलान जुलुस, ताजियाको सुरुवाति रुप चौकि मिलान लगायतका कार्यक्रम गरि यो पर्व मनाउने गरिन्छ । आफ्नो मनोकामना पुरा भएको खुशीमा तथा मनोकामना पूरा गर्नका लागि मुस्लीम धर्मालम्बीहरुले कलात्तमक तरिकाले निर्माण गरिएको ताजिया राख्ने गर्दछन् ।

इराकको कर्बलामा करिब १४ सय वर्ष अघि ५६ सालको उमेरमा सहादत प्राप्त गरेका शहीदे आजम हजरत इमामे हुसैन र कर्बलामा शहीद भएकाहरुको सम्झनामा प्रत्येक वर्ष मुस्लिम धर्मावलम्बीहरु महान् मोहर्रम पर्व यादगारे हुसैन मनाउदैं आएको मुस्लिम गुरु निकट तन्जीमुल ओलमा युनियन नवलपरासीका अध्यक्ष एवं फैजाने अहले बैत नवलपरासीका डाईरेक्टर मौलाना सैयद गुलाम हुसैनले बताउनु भयो । हसैन सहितका दर्जनौ ईस्लामका समर्थकहरुले ईराकको करबला भन्ने स्थानमा ईस्लाम रक्षाका लागि ज्यान गुमाएका थिए । मोहर्रमलाई मुस्लिम धर्मको शहिद दिवसका रुपमा समेत हेर्ने गरिन्छ । नेपालको तराईका अधिकांस भागमा मनाईने मोहर्रम मुस्लिम समुदयायको मात्र नभएर नेपालीकै एक परम्परा बन्दै गएको छ । मोहर्ररमले धार्मीक एकताको पनि सन्देश दिएको मुस्लिम संघ नवलपरासीका अध्यक्ष कासिद अलिले बताउनु भयो । जसरी हिन्दुहरुको चाडपर्वहरुमा राज्यका संयन्त्रहरुनै परिचालन गरि राज्यका तर्फबाट संरक्षण गर्ने चलन रहेको छ , त्यसरी नै अन्य धर्मको चाडपर्वहरुमा पनि राज्य अभिभावकियरुपमा प्रस्तुत हुन जरुरी छ । नेपालकै एक प्रमुख समुदायको धार्मीक परम्परालाई संरक्षण गर्ने दाईत्व सरकारको पनि हो । त्यसैले मोहर्रमको संस्कृती र परम्परालाई राज्यले संरक्षण दिन आवश्यक रहेको कासिद अलिले जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई