२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इराकबाट आठ महिनाको प्रयासपछि लालिमायाको शव नेपाल पठाइयो

५ मंसिर २०८०, मंगलवार ०३:१७

मङ्सिर ५, काठमाडौँ । एनआरएनए एनसिसी इराकको पहलमा इराकमा गत मार्चमा मृत्यु भएकी लालिमायाको शव नेपाल पठाएको छ । लामो प्रयासपछि लालिमयाको शव सोमबार नेपाल पठाउन सम्भव भएको एनआरएनए एनसिसी इराकका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् । 


गत मार्च २४ का दिन लालिमाया तामाङको इराकमा मृत्यु भएको थियो । उक्त मृत्यु हत्या हुन सक्ने भन्दै तात्कालिन समयमा NEWS-24 टेलिभिजन मार्फत प्रशारण भएको थियो । उक्त समाचार समाचार टिकटक तथा फेसबुकबाट प्रशारण भएपछि एनसिसि इराकले पनि जानकारीको रुपमा पाएको अध्यक्ष श्रेष्ठ बताउँछन् । प्रशारण भएको समाचारमा नेपालबाट लालिमायाको बृद्धा आमाले नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेकि थिइन् । 

तत्काल उक्त शव इराकबाट नेपाल पठाउन सम्भावनानै नरहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । तर एनसीसी इराकले जसरी हुन्छ उक्त शव नेपाल पठाउन भूमिका खेल्न सुरु गर्यो । 

अध्यक्ष श्रेष्ठ बताउँछन् – 'बग्दाद आसपासमा हाम्रो पहुँच छैन । तथापि ल्याउने एजेण्ट सङ्ग सम्पर्क भएपनि कुनै उपाय लागेन । भर्खरै तदर्थ समिती बनेको एनआरएनए एनसिसि इराकमा बग्दादबाट सदस्य टीका बिस्वकर्मा जोडिनु भएको थियो । उहाँसँग यो बिषयमा छलफल भयो । त्यस पस्चात हाम्रो मिसन लालिमायाको शवलाई जसरी पनि एनआरएनए एनसिसी इराकको सहयोगमा नेपाल पठाउनेतर्फ केन्द्रित भयो ।' 

एनसीसी इराकले लालिमायाको शव अस्पतालमा भएनभएको निश्चित गर्नेदेखि उनले काम गरेको कम्पनीको मालिकको नम्बर पत्ता लगाई सहयोगको पहलकदमी सुरु गर्यो । अध्यक्ष श्रेष्ठ बताउँछन् 'शव हेर्न समेत पैसा चाहिने रहेछ । त्यसपछि एफडब्ल्युसिडिओका संस्थापकलाई बग्दाद पठाइ लेनदेन गरि शब पठाउनको लागि कन्सुलर बिभागदेखि दूतावाससम्मको कागजी प्रक्रिया अघि बढ्यो ।' मृतक लालिमायाको राहदानी नहुदा ट्राभल डकुमेन्ट बनाउने अर्को झन्झट झेल्नु परेको श्रेष्ठ बताउँछन् । यसको लागि कुवेत सरकार परराष्ट्र मन्त्रालय मार्फत भेरिफाइ गरे मात्र काम अघि बढ्ने भएपछि प्रक्रिया अझै लम्बिएको उनले बताए । यस क्रममा गत सेप्टेम्बरमा सबै कागजी प्रक्रिया पुरा गर्न सम्भव भएको उनले बताए । 

अध्यक्ष श्रेष्ठले थप प्रक्रियाको झन्झटबारे भने 'हस्पिटलमा शब फ्रीजिङको पनि चार्ज लाग्ने हुँदा लेनदेनमा कुरा मिलेन । झन् तनाब बढ्यो । कम्पनिको मालिकले वकिल खर्च तिर्नै मानेन ।'  यस क्रममा टिका विश्वकर्माकै इराकी साथी कामेल मोहमदको सहयोग लिए शव जसरी पनि नेपाल पठाउनु पर्ने नत्र अप्ठ्यारोमा पर्ने भनिएपछि एक हजार ५०० डलर  आए पश्चात् मात्र शव पठाउन राजी हुने भए पछि एनसिसी सदस्य टीका बिश्वकर्माको अभियानमा बग्दादमा आर्थिक अभियान चलाइयो । त्यससँगै एनआरएनए एनसिसी इराकको कोष मार्फत समेत थपेर एक हजार ५०० बुझाएर शव नेपाल पठाउन सम्भव भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार थप २६७ डलर मृतकको घर परिवारलाई समेत पठाइएको छ । 

यसरी आठ महिना पश्चात् सम्पूर्ण प्रक्रिया पूरा गरि सोमबार मृतक लालीमायाको शव नेपाल पठाइएको एनआरएनए एनसिसी इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले लालिमायाको शव नेपाल पठाउन भूमिका खेल्ने टीका बिश्वकर्मा सहित एफडब्ल्यु सिडिओ, इराकी मित्र कामेल मोहमद लगायत आर्थिक सहयोग गर्नुहुने बग्दादका नेपालीहरुलाई हृदयदेखिनै धन्यवाद दिएका छन् । श्रेष्ठले बग्दाद आशपास क्षेत्रमा घरायसी कामदारका रुपमा जादा सोच-बिचार गरेर मात्र जान आग्रह समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य