२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इराकबाट आठ महिनाको प्रयासपछि लालिमायाको शव नेपाल पठाइयो

२०८०, ५ मंसिर मंगलवार ०३:१७

मङ्सिर ५, काठमाडौँ । एनआरएनए एनसिसी इराकको पहलमा इराकमा गत मार्चमा मृत्यु भएकी लालिमायाको शव नेपाल पठाएको छ । लामो प्रयासपछि लालिमयाको शव सोमबार नेपाल पठाउन सम्भव भएको एनआरएनए एनसिसी इराकका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् । 


गत मार्च २४ का दिन लालिमाया तामाङको इराकमा मृत्यु भएको थियो । उक्त मृत्यु हत्या हुन सक्ने भन्दै तात्कालिन समयमा NEWS-24 टेलिभिजन मार्फत प्रशारण भएको थियो । उक्त समाचार समाचार टिकटक तथा फेसबुकबाट प्रशारण भएपछि एनसिसि इराकले पनि जानकारीको रुपमा पाएको अध्यक्ष श्रेष्ठ बताउँछन् । प्रशारण भएको समाचारमा नेपालबाट लालिमायाको बृद्धा आमाले नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेकि थिइन् । 

तत्काल उक्त शव इराकबाट नेपाल पठाउन सम्भावनानै नरहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । तर एनसीसी इराकले जसरी हुन्छ उक्त शव नेपाल पठाउन भूमिका खेल्न सुरु गर्यो । 

अध्यक्ष श्रेष्ठ बताउँछन् – 'बग्दाद आसपासमा हाम्रो पहुँच छैन । तथापि ल्याउने एजेण्ट सङ्ग सम्पर्क भएपनि कुनै उपाय लागेन । भर्खरै तदर्थ समिती बनेको एनआरएनए एनसिसि इराकमा बग्दादबाट सदस्य टीका बिस्वकर्मा जोडिनु भएको थियो । उहाँसँग यो बिषयमा छलफल भयो । त्यस पस्चात हाम्रो मिसन लालिमायाको शवलाई जसरी पनि एनआरएनए एनसिसी इराकको सहयोगमा नेपाल पठाउनेतर्फ केन्द्रित भयो ।' 

एनसीसी इराकले लालिमायाको शव अस्पतालमा भएनभएको निश्चित गर्नेदेखि उनले काम गरेको कम्पनीको मालिकको नम्बर पत्ता लगाई सहयोगको पहलकदमी सुरु गर्यो । अध्यक्ष श्रेष्ठ बताउँछन् 'शव हेर्न समेत पैसा चाहिने रहेछ । त्यसपछि एफडब्ल्युसिडिओका संस्थापकलाई बग्दाद पठाइ लेनदेन गरि शब पठाउनको लागि कन्सुलर बिभागदेखि दूतावाससम्मको कागजी प्रक्रिया अघि बढ्यो ।' मृतक लालिमायाको राहदानी नहुदा ट्राभल डकुमेन्ट बनाउने अर्को झन्झट झेल्नु परेको श्रेष्ठ बताउँछन् । यसको लागि कुवेत सरकार परराष्ट्र मन्त्रालय मार्फत भेरिफाइ गरे मात्र काम अघि बढ्ने भएपछि प्रक्रिया अझै लम्बिएको उनले बताए । यस क्रममा गत सेप्टेम्बरमा सबै कागजी प्रक्रिया पुरा गर्न सम्भव भएको उनले बताए । 

अध्यक्ष श्रेष्ठले थप प्रक्रियाको झन्झटबारे भने 'हस्पिटलमा शब फ्रीजिङको पनि चार्ज लाग्ने हुँदा लेनदेनमा कुरा मिलेन । झन् तनाब बढ्यो । कम्पनिको मालिकले वकिल खर्च तिर्नै मानेन ।'  यस क्रममा टिका विश्वकर्माकै इराकी साथी कामेल मोहमदको सहयोग लिए शव जसरी पनि नेपाल पठाउनु पर्ने नत्र अप्ठ्यारोमा पर्ने भनिएपछि एक हजार ५०० डलर  आए पश्चात् मात्र शव पठाउन राजी हुने भए पछि एनसिसी सदस्य टीका बिश्वकर्माको अभियानमा बग्दादमा आर्थिक अभियान चलाइयो । त्यससँगै एनआरएनए एनसिसी इराकको कोष मार्फत समेत थपेर एक हजार ५०० बुझाएर शव नेपाल पठाउन सम्भव भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार थप २६७ डलर मृतकको घर परिवारलाई समेत पठाइएको छ । 

यसरी आठ महिना पश्चात् सम्पूर्ण प्रक्रिया पूरा गरि सोमबार मृतक लालीमायाको शव नेपाल पठाइएको एनआरएनए एनसिसी इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले लालिमायाको शव नेपाल पठाउन भूमिका खेल्ने टीका बिश्वकर्मा सहित एफडब्ल्यु सिडिओ, इराकी मित्र कामेल मोहमद लगायत आर्थिक सहयोग गर्नुहुने बग्दादका नेपालीहरुलाई हृदयदेखिनै धन्यवाद दिएका छन् । श्रेष्ठले बग्दाद आशपास क्षेत्रमा घरायसी कामदारका रुपमा जादा सोच-बिचार गरेर मात्र जान आग्रह समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी