2026-07-24 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलि रुपैडिया नाकाबाट १५ मुर्रा राँगा भित्रिने

मङ्सिर ५, काठमाडौँ | बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ ।  भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको भनाइ छ । 

भारतले १५ वटा राँगा पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह प्रवक्ता तथा वरिष्ठ पशु चिकित्सक  डा. तपेन्द्र प्रसाद बोहराले बताए । उनका अनुसार बिहीबार नेपालगन्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट उक्त मुर्रा राँगा भित्रिने छन् । 

उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ । पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक