2026-09-06 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलसँग युद्धविराम सम्झौताको नजिक पुगेको हमासका नेताको भनाई

मङ्सिर ५, काठमाडौँ | हमासका नेता इस्माइल हानियाले आफ्नो समूह इजरायलसँग युद्धविराम सम्झौताको नजिक पुगेको बताएका छन् । हमासले जारी गरेको विज्ञप्तिमा हमासले यसबारे कतारलाई आफ्नो प्रतिक्रिया दिइसकेको बताइएको छ ।

कतारले दुई देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । हानिया कतारमा नै बस्छन् । अन्तर्राष्ट्रिय रेडक्रसका अध्यक्ष पनि हाल कतार भ्रमणमा छन् ।  बयान जारी गर्नअघि हानियाले दोहामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अध्यक्षसँग भेट गरेका थिए । गत महिना रिहा भएका चार बन्धकहरूलाई रिहा गर्न आईसीआरसीले भूमिका खेलेको थियो।

इजरायल र हमासबिच करिब ६ हप्तादेखि युद्ध चलिरहेको छ । यो अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । हमासका लडाकुहरूले २०० भन्दा बढी इजरायलीहरूलाई बन्धक बनाएर लगेका थिए। त्यसपछि इजरायलले गाजामा बमबारी गर्न थाल्यो । इजरायलको सेनाले विगत केही दिनदेखि स्थल कारबाही गरिरहेको छ ।

रिपोर्टका अनुसार सम्झौता अन्तर्गत हमासले बन्धक बनाएका केही इजरायलीलाई रिहा गर्न सक्नेछ । बदलामा, इजरायलले गाजामा आफ्नो अभियानहरू रोक्न सक्छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूको रिहाइसम्बन्धी सम्झौता पूरा हुने सङ्केत गरेका थिए। हमासका अधिकारीहरूले अलजजिरा न्युज नेटवर्कलाई सम्झौताबारे छलफल भइरहेको बताएका छन्।  यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ