2026-06-22 01:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल र हमासबीच सहमति, पहिलो चरणमा ५० जना बन्दी छाडिने

मङ्सिर ६, काठमाडौँ | युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन् ।  

आज बिहान इजरायलको मन्त्रिपरिषदले गाजामा अपहरण गरिएका लगभग ५० बन्धकहरूलाई रिहा गर्न सुरक्षित गर्ने सम्झौतालाई अनुमोदन गरेको हो ।


बाँकी बन्दीहरुका बारेमा केही नखुलाइए पनि पहिलो चरणमा ५० बन्दी रिहा गरेपछि इजरायलले प्रत्येक एक दिन युद्धविराम लम्ब्याउने र हमासले १० जनाका दरले बन्दी छाड्ने सहमति भएको छ । सहमति इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।

दुई पक्षको सहमतिअनुसार हमास समूहले बन्दीहरू छाडेवापत इजरायलले गाजा क्षेत्रमा गरिरहेको आक्रमण स्थगित गर्नेछ । इजरायलले पहिलो चरणमा गाजा क्षेत्रमा भइरहेको आक्रमण चार दिनलाई स्थगित गर्नेछ ।

गत असोज २० गते हमास समूहले एक्कासि इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

सो आक्रमणपछि हमास समूहले नेपालीसहित विभिन्न मुलुकका दुईसय भन्दा बढी नागरिकलाई बन्धक बनाएर राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही