२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० शृंखलामा सूर्यकुमारको कप्तानीमा टोली घोषणा

२०८०, ६ मंसिर बुधबार ०७:३४

मङ्सिर ६, काठमाडौँ | विश्वकप फाइनल खेलेका तीन मात्र खेलाडीसहित भारतले सूर्यकुमार यादवको कप्तानीमा अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ।

भारतले गत आइतबार घरेलु भूमि अहमदाबादमा करिब एक लाख घरेलु समर्थकका बीच ५० ओभरको विश्वकप फाइनल ६ विकेटले हारेको थियो। उपाधि प्रतिस्पर्धाअगाडि अपराजित टोली भारतलाई प्याट कमिन्स नेतृत्वको अस्ट्रेलियाले फाइनलमा निराश बनाएको हो। सोही विश्वविजेता अस्ट्रेलियासँग भारतले घरेलु भूमिमा आगामी बिहीबारदेखि पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्दै छ। सो फाइनल खेलेका तीन खेलाडीमध्ये एक सूर्यकुमार पनि हुन्। सूर्यकुमारले पहिलो पटक भारतको कप्तानी गर्ने जिम्मेवारी पाएका छन्।

श्रेयस ऐड्ढयर र प्रशिद्ध कृष्ण पनि विश्वकप फाइनलमा थिए। यी दुईले पनि ट्वान्टी–२० शृंखलाका लागि भारतीय टोलीमा स्थान बनाएका छन्। गत विश्वकपअगाडि पनि गत सेप्टेम्बरमा अस्ट्रेलिया र भारतले तीन खेलको ट्वान्टी–२० शृंखला खेलेका थिए।

घरेलु मैदानमा सम्पन्न त्यो शृंखला भारतले २–१ ले आफ्नो पक्षमा पारेको थियो। भारतले आगामी बिहीबार विसाखापटनममा खेल्दै शृंखलाको सुरुआत गर्नेछ। त्यसपछि यी दुईले नोभेम्बर २६ मा तिरुवनन्तपुरम् र गुहाटीमा नोभेम्बर २८ मा खेल्नेछन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले श्रेयस ऐय्यर शृंखलाको अन्तिम दुई खेलमा उपकप्तानका रूपमा टोलीमा जोडिने बताएको छ। अन्तिम दुई खेल डिसेम्बर १ मा रायपुर र डिसेम्बर ५ मा बैंङ्लोरमा हुने तय छ।

भारतीय टोलीमा कप्तान सूर्यकुमारसँगै ऋतुराज गायकवाड (उपकप्तान), ईशान किसन, यशस्वी जैयसवाल, तिलक बर्मा, रिन्कु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिङ्टन सुन्दर, अक्षर पटेल, शिवम् दुवे, रवि विश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, आभेश खान र मुकेश कुमार छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै