2026-08-23 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोस्रो जितसँगै बाग्मती सेमिफाइनलमा, सन्दीपले फेरि लिए ४ विकेट

मङ्सिर ८, काठमाडौँ | बागमती प्रदेश पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १-१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाही २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाए । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गरे । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कणरलीका दिनेश अधिकारी र प्रकाश जैसीले ३-३ विकेट लिए ।

बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ लाई १ सय ९ रनले पराजित गरेको थियो । एक खेल अगावै कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुई टोलीबिचको खेल शनिबार हुनेछ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो