मङ्सिर ८, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ)ले गण्डकी प्रदेशलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित १८ ओभर ४ बलमा १०१ रनमा सबै विकेट गुमायो । गण्डकीसामु एपीएफका कुनै पनि ब्याटर टिकेर खेल्न सकेनन् । १७ रनमा २ विकेट गुमाएको एपीएफले ठूलो स्कोर बनाउन सकेन ।
एपीएफका कप्तान प्रदीप ऐरी २०, आसिफ शेख १२, लोकेश बम १२, भुवन कार्की १४, सुमित महर्जन १४ रन बनाएर आउट भए ।
बलिङतर्फ गण्डकीका कप्तान विपीन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले २-२ विकेट लिए । दिनेश बुढामगर र सुदीप अर्यालले १-१ विकेट लिए ।