मङ्सिर ९, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल)मा शनिबार भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई हराउदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको खेलमा पोखराको लागि मोसेस ग्याबाहले एक गोल गरे |
पहिलो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेका थिएन | दोस्रो हाफमा मोसेसले स्टेफन कोजोको क्रसलाई आकर्षक गोलमा परिणत गरे।
चितवनलाई १–० ले पराजित गर्दा पोखराका लागि मोसेस ग्याबाहको एक मात्र गोल निर्णायक बन्यो। शनिबार नै दोस्रो खेलमा ललितपुर र बुटवल भिड्दै छन्। खेल साँझ ५:३० मा प्रतिस्पर्धा गर्दै छन्।