अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म"/>

२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसीसीले सार्वजनिक गर्‍यो क्रिकेटको र्‍याङ्किग, भारतको अग्रता कायमै

२०८०, १० मंसिर आईतवार ०८:०७

मङ्सिर १०, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको हो। जसमा भारतको अग्रता कायमै छ। विश्वकप क्रिकेट अघि पनि भारत क्रिकेटको तीनवटै फम्र्याटमा अग्र स्थानमै थियो।


आइसीसीका अनुसार भारत २६५ अङ्कका साथ टी ट्वान्टी र्‍याङ्किगमा शिर्ष स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड २५९ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै न्यूजिल्यान्ड २५५ अङ्कका साथ तेस्रो स्थानमा रहँदा अस्ट्रेलिया २५२ अङ्कका साथ चौथो र पाकिस्तान २५१ अङ्कका साथ पाँचौ स्थानमा रहेको छ। नेपाल भने १८२ अङ्कका साथ १५ औं स्थानमा रहेको छ।

यस्तै एकदिवसीय क्रिकेट र्‍याङ्किगमा भारत १२१ अङ्कका साथ पहिलो, अस्ट्रेलिया ११७ अङ्कका साथ दोस्रो, दक्षिण अफ्रिका ११० अङ्कका साथ तेस्रो, पाकिस्तान १०९ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०२ अङ्कका साथ पाँचौ स्थानमा रहेको छ। नेपाल भने ३४ अङ्कका साथ १५ औं स्थानमा रहेको छ।

आइसीसीका अनुसार टेस्ट र्‍याङ्किगमा भारत ११८ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ। ११८ अङ्क रहेपनि रनरटेको आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ। यस्तै इङ्ग्ल्यान्ड ११५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका १०४ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०० अङ्कका साथ पाँचौ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने