१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अर्को हप्तादेखि यी लाखौँ जिमेल एकाउन्ट हटाउदै गुगल, तपाईँको पनि पर्ने हो कि ?

१० मंसिर २०८०, आईतवार ११:३१

मङ्सिर १०, काठमाडौँ | जीमेलको प्रयोगकर्ता ठूलो संख्यामा छन् । पहिला पहिला याहु, रेडिफ पपुलर इमेल प्लेटफर्म हुन्थे । अब यसको ठाउँ जीमेल एकाउन्टले लिएको छ । अहिले हरेक व्यक्तिसँग जिमेल अर्थात् गुगल मेल छ । तपाई पनि जिमेलमा हुनुहुन्छ, तर धेरै सक्रिय हुनुहुन्न भने यो खबर तपाईका लागि हो । तपाईँले सतर्क रहन जरुरी छ । 

गुगलको पछिल्लो निर्णयले केही जिमेल प्रयोगकर्तालाई झट्का लाग्नेवाला छ । कम्पनीले आफ्नो निष्क्रिय एकाउन्ट पोलिसीमा अत्यावश्यक अपडेटको घोषणा गरेको छ । सन् २०२३ को डिसेम्बर १ देखि कम्तीमा २ वर्षदेखि निष्क्रिय जिमेल खातालाई हटाउने योजना कम्पनीले बनाइरहेको छ । कम्पनीले इनएक्टिभ खातासँग जोडिएका कन्टेन्टलाई पनि हटाउने भएको छ ।

यस क्रममा जीमेल, फोटो, गुगल ड्राइभमा भएका डकुमेन्ट, कन्ट्याक्ट आदि पनि हट्नेछन् । गुगलले यही वर्षको मेमा पुराना र डीएक्टिभेटेड एकाउन्टमा चलखेलको सम्भावना धेरै हुने भन्दै यसमा बच्नका लागि डिएक्टिभेटेड एकाउन्ट नीति संशोधन गरेको थियो ।

तपाईँले पनि २ वर्षअघि गुगल एकाउन्ट बनाएर त्यसलाई नचलाई राखिरहनु भएको छ भने कम्पनीको तर्फबाट तपाईँले नोटिफिकेशन पाउनु हुनेछ । त्यसपछि खाता डिलिट हुनेछ । कम्पनीले यस्ता प्रयोगकर्तालाई मेल पठाइरहेको छ । यसमा कम्पनीले प्रयोगकर्तालाई यही डिसेम्बर १ देखि इनएक्टिभ एकाउन्टलाई हटाइने भनेर अलर्ट गरिएको छ ।

कसरी रोक्ने डिलिट हुनबाट ?

गुगल एकाउन्टलाई बचाइराख्ने हो भने हरेक दुई वर्षमा कम्तीमा एक पटक आफ्नो एकाउन्टमा लगइन गर्नुस् । यसका लागि अन्य उपायहरु पनि छन् । इमेलहरू पठाउनुस् र पढ्ने पनि गर्नुस् । गुगल ड्राइभको प्रयोग गर्नुस् । कुनै युट्युब भिडियो हेर्नुस् । गुगल प्ले स्टोरबाट कुनै एप डाउनलोड गर्नुस् । गुगल सर्चको प्रयोग गर्नुस् ।

थर्ड पार्टी एप वा सेवामा साइन इन गर्दा गुगलबाट साइन इन गर्नुस् । गुगल फोटोलाई एक्टिभ राख्न चाहिँ तपाईँले हरेक २ वर्षमा गुगल फोटोमै लगइन गर्नुपर्नेछ । तपाईँले यसो गर्नुभयो भने तपाईँको एकाउन्टलाई इनएक्टिभ मानिने छैन र डिलिट हुनबाट बच्नेछ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार