मङ्सिर ११, काठमाडौं | युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् ।
इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि गुजरातले गिललाई कप्तान नियुक्त गरेको हो ।
यसअघिका कप्तान हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछिगुजरातले २४ वर्षीय गिललाई नयाँ कप्तान बनाएको हो ।
हार्दिकको कप्तानीमा गुजरातले २०२२ मा आईपीएलको उपाधि जितेको थियो भने २०२३ मा पनि फाइनल पुगेको थियो ।
सन् २०१८ मा कोलकता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका गिल २०२१ मा कोलकताबाट रिलिज भएका थिए । त्यसपछि उनलाई नयाँ फ्रेन्चाइज गुजरातले लिएको थियो ।
गिलको लागि आईपीएलको आउने सिजन सिनियर क्रिकेटमा पहिलो कप्तानी हुनेछ । उनले कप्तान नियुक्त भएपछि खुशी व्यक्त गर्दै टिमले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन् ।