2026-07-24 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको छुट्टाछुट्टै अभियोगमा २ जना पक्राउ

मङ्सिर ११, काठमाडौं |  विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरू दुवै पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

 १५ लाख रुपैयाँमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ की ४५ वर्षीया बुद्ध पञ्चकोटीलाई प्रहरीले पक्राउ गरेको हो । ७ लाख ५ हजार रुपैयाँ ठगी गरेकी उनलाई अपराध अनुसन्धान कार्यालयले आइतवार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

यस्तै पोर्चुगल नै पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमवार बिहान सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ९ का ४४ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो । 

‘जान १० लाख रुपैयाँ लाग्ने र १ लाख तलब हुन्छ’ भनेर ठगी गरेको अभियोगमा उनी पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक