2026-09-19 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा महाष्टमी कतै हिजो, कतै आज

नरी बडु | असोज २३, बैतडी | नवरात्रीको ८ औं दिन मनाईने महाअष्टमी पर्व बैतडीका केही ठाउमा हिजो  (शनिबार) मनाएको छ । कतै आज मनाईरहेका छन् ।

हिजो जगन्नाथ, त्रिपुरासुन्दरी, शिवनाथ, मेलौली लगायतका मन्दिरमा महाष्टमी पूजा गर्नेको भीड लागेको थियो । निंगलासनी भगवतीमा महाष्टमीमा लाग्ने ठूलो मेला आज लाग्दै छ ।

सदरमुकाम र तल्लोस्वराड क्षेत्रमा हिजो अष्टमी मनाएको हो । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा आज अष्टमी मनाउने तयारी छ ।

हिजो अष्टमी मनाएका ठाउमा घटस्थापनाका दिन राखिएका जमरा काटेका छन् । अन्य ठाउमा आज काट्दै छन् ।

दशैभने दुवै ठाउमा दशैं मंगलबार नै मनाउने तयारी छ ।

घटस्थापनादेखि ८ दिन गनेर हिजो अष्टमी मनाएको हो । भारतीय र नेपाली दुवै पात्रो प्रयोग गरिने भएकाले छुट्टाछुट्टै तिथी मनाएको हो । मुरदावादी पात्रो अनुसार हिजै महाष्टमी मनाएको पण्डितहरुले बताएका छन् ।

निग्लाशैनि भगवती मन्दिरमा भने महाअष्टमीको भव्य मेला आज लाग्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई