2026-06-29 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बेलायतमा मान्छेमा पहिलो पटक भेटियो स्वाइन फ्लु

मङ्सिर १२, काठमाडौँ | बेलायतका स्वास्थ्य अधिकारीहरू यति बेला मान्छेमा सुँगुरमा देखिने भाइरस स्वाइन फ्लु कसरी सर्‍यो भनेर पत्ता लगाउन दौडधुप गरिरहेका छन् । एक व्यक्तिमा सुँगरमा पाइने स्वाइन फ्लुको नयाँ प्रकार भेटिएको सोमबार त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले बताएको थियो । बेलायतमा कुनै मान्छेमा यसको सङ्क्रमण भेटिएको यही नै पहिलो घटना हो । सन् २००५ यता विश्वभर दर्जनौँ मान्छेलाई स्वाइन फ्लु भइसकेको छ । तर पछिल्लो समय बेलायतमा देखिएको स्वाइन फ्लुको जिन पुराना स्ट्रेनसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताएका छन् ।


सास फेर्न समस्या भएपछि ती बिरामी अस्पताल जँचाउन आएका थिए । परीक्षणका क्रममा उनमा स्वाइन फ्लुको एच१एन२ स्ट्रेन भेटियो । यो भाइरसले सुँगरलाई मात्रै सङ्क्रमित बनाउने भए पनि मान्छेमा यो स्ट्रेन कसरी सर्‍यो भन्ने अज्ञात छ । अहिले ती बिरामी पूरै निको भइसकेको बताइएको छ । सङ्क्रमण कसरी सर्‍यो भन्नेबारे खोजिबिन भइरहेको छ । बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने र सङ्क्रमण फैलिन नदिन पनि काम भइरहेको बताइएको छ । जनावरमा पाइने केही रोग मान्छेलाई पनि लाग्न सक्छ । एच१एन१, एच१एन२ र एच३एन२ सुँगुरमा भेटिने केही प्रमुख भाइरस हुन् । यी स्ट्रेनबाट मानिस पनि सङ्क्रमित हुन सक्छन् ।

के हो स्वाइन फ्लु ?

स्वाइन फ्लु श्वास प्रश्वासमा लाग्ने सङ्क्रामक रोग हो । यो रोग सामान्यतः सुँगुरमा पाइन्छ । यो सुँगुरमा इन्फ्लुएन्जा एको भाइरसको एच१एन१ प्रकारका कारण हुन्छ । सुँगुरमा पाइने फ्लुका एच१एन२, एच३एन१ र एच३एन२ प्रकार पनि छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी