२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

केपी ओली कप क्रिकेटः सुदुरपश्चिमसँग हारेको पुलिस बाहिरियो, मधेस प्रदेश सेमिफाइनलमा प्रवेश

२०८०, १२ मंसिर मंगलवार ०७:४५

मङ्सिर १२, काठमाडौँ | सुदुरपश्चिम प्रदेशसँग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिस सुदुरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । पुलिस पराजित हुँदा समूह सीबाट रनरेटका आधारमा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।


मधेशले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको थियो । बराबर अंक रहेका मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदुरपश्चिमको ३.२२९ छ ।

यसअघि बागमती प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मंगलबार नै हुने दोस्रो खेलले सेमिफाइनल खेल्ने चौथो टिमको टुंगो लाग्नेछ ।

त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलमा त्रिभुवन आर्मी क्लब विजयी भए सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । आर्मी पराजित भएमा बुधबार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बीचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु