सास । असोज २३, बर्दिया ।
यतिखेर बली दिइएका र मासु टुक्रा टुक्रा पारिएका तस्वीरहरु सामाजिक सञ्जालहरुमा राखेर प्रतियोगिता जस्तै गरिएको छ । चाहे वलीका नाममा होस् वा खानकै लागि निर्दोस प्राणी काट्नु  हत्या नै हो । रक्ताम्य तस्वीरहरु देखेर कतिपयलाई एलर्जी हुने वा बेहोस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज २३, बर्दिया ।
यतिखेर बली दिइएका र मासु टुक्रा टुक्रा पारिएका तस्वीरहरु सामाजिक सञ्जालहरुमा राखेर प्रतियोगिता जस्तै गरिएको छ । चाहे वलीका नाममा होस् वा खानकै लागि निर्दोस प्राणी काट्नु  हत्या नै हो । रक्ताम्य तस्वीरहरु देखेर कतिपयलाई एलर्जी हुने वा बेहोस "/>
2026-07-06 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया रेडक्रसमै वली : अर्को वर्षबाट नगरिने प्रतिवद्धता (३० वर्षदेखिको रिती तोड्न सकिएन : सभापति)

2016-10-09

सास । असोज २३, बर्दिया ।
यतिखेर बली दिइएका र मासु टुक्रा टुक्रा पारिएका तस्वीरहरु सामाजिक सञ्जालहरुमा राखेर प्रतियोगिता जस्तै गरिएको छ । चाहे वलीका नाममा होस् वा खानकै लागि निर्दोस प्राणी काट्नु  हत्या नै हो । रक्ताम्य तस्वीरहरु देखेर कतिपयलाई एलर्जी हुने वा बेहोस हुने समस्या हुन्छ । यसरी सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका रक्ताम्य तस्वीरहरु राखेर आफ्नो हिंसात्मक चरित्रलाई उदाङ्गो गर्नु पक्कै पनि मानवीय मूल्य र मान्यतामा पर्दैन ।
आज मात्रै नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखामा अष्टमी पूजा गर्दाका केही झलकहरु भन्दै जिल्ला कार्यसमितिका सदस्य हेमन्तराज अधिकारीले आफ्नो प्रोफाइलमा खसी बध गरेर मासु टुक्रा टुक्रा पारेका तस्वीरहरु पोस्ट गर्नुभएको थियो । साँझ मात्रै पोस्ट गरिएका यी तस्वीरहरुमा एक घण्टा मात्रै नवित्दै दर्जनौँ कमेन्टहरु आएका थिए । बर्दिया शाखाका सभापति कृष्ण गौतमलाई सासका बर्दिया सम्पादकले सम्पर्क गरी प्रश्न राख्दा केहीबेर अनविज्ञता प्रकट गरी के चिजको फोटो ? के भएको थियो र रेडक्रसमा ? जस्ता प्रश्नहरु उल्टै सोध्नुभयो । एकछिन अलमलमा पर्नुभयो तर पछि प्रष्ट भएपछि वहाँ पनि प्रष्ट भएर यस्तो धारणा राख्नुभयो ।

सभापति कृष्ण गौतमको भनाइ जस्ताको तस्तै ……
के चिजको फोटो ? रेडक्रसमा के थियो रे ? ए ! (कुरा बुझेपछि) यो त हाम्रो करिब करिब ३० वर्षदेखिको रिती हो । तोड्न सकिएको छैन । आज मात्र गरिएको हैन यो  लगातार छ । मैले के भन्याछु भने अर्को सालदेखि नगरौँ भनी यसपाली प्रस्ताव गरेको छु । पोस्ट गर्नु हुने थिएन त्यो गलत भो । मैले दुई ओटा दृश्यहरुको फोटो पोस्ट गर्नु हुँदैन भनेको छु एउटा बध र अर्को शबदाहको । एउटा खशी किन्नका लागि आर्थिक व्यवस्थापन त्यो ठूलो कुरै हैन २÷४ हजार त खर्च गर्नै पर्छ ३० वर्ष देखि चल्दै आएको रिती हो । म सभापति भएर मात्रै गरेको हैन । रिती तोड्न मलाई अलि सकस छ (हास्दै) । सायद अर्को सालबाट नगर्न सक्छु । मलाई लाग्दैन कि अर्को सालबाट म गर्छु । यो प्रथा रोक्ने प्रयास गर्छु । धेरै कुरा रोकिसकेको छु । यसलाई सकारात्मक रुपमा लिनुहोला । म रेडक्रसमा आएदेखि मैले धेरै चिज र भद्रगोल कति रोकेको छु, यसलाई बाहिर एक्पोज नगरौँ गर्न पनि मिलेन । यसललाई पोजेटिभली लिउँ । मैले धेरै कुराहरु कन्ट्रोल गर्दै यहाँसम्म ल्याएको छु । अर्को सालबाट रोक्छु । सबै जिल्लामा गर्छन् । कसरी रोकावट गर्ने यसका लगि हङ्गामा मच्चाउन पर्ने भाको छ मैले । आफुले नरोक्दा अरुले नगर्ने भएपछि हामीले नै शुरु गर्छौँ ।  अहिले साल दिमागमा लागेको भएपनि केही कर्मचारी साथीहरुले यो सभापतिले यसो गर्यो भन्छन् कि भनेर गरियो । खासमा मन्दिरमा हो गर्नुपर्ने तर प्रचलन अफिसमा भएकोले मलाई गाह«ो भयो । तपाईबाट आएको यो सल्लाहको लागि धन्यवाद छ । तपाईको यो पोजेटिभ कदमका लागि धन्यवाद ।
यसरी वहाँको अभिव्यक्ति आएलगत्तै तस्वीरहरुको पोस्ट भने हटाइएको छ । यो सकारात्मक कुरा हो तर फेरि पनि यस प्रकारका क्रियाकलापहरु नदोहोरिउनु भन्नाका लागि यो सकारात्मक समाचार सम्प्रेषण गरिएको हो । उक्त पोस्टमा आएका सबैजसो प्रतिक्रियाहरु यसको असहमतिमा थिए किनकी रेडक्रस जस्तो एउटा पवित्र संस्था जसले मानवता, तटस्थता, निष्पक्षता, ऐच्छिक सेवा, विश्वव्यापकता, स्वतन्त्रता, विश्वव्यापकता जस्ता सात सिद्धान्त बोकेर मानव कल्याणका लागि जुटेको छ यस्तो स्वयंसेवी विश्वव्यापी संस्थाको परिसरभित्रै यसो गरिनु भने कदापी राम्रो हैन । ‘यो क्रियाकलाप रेडक्रस जस्तो संस्थाका लागि शोभनीय कार्य भएन’ नेपाल रेडक्रस सोसाईटी कालिका उपशाखाका अध्यक्ष सोहराव खाँले भन्नुभयो । अागामी दिनमा हामीले बैठक बसेर यो कार्यलाई बन्द गर्नेछौँ जिल्ला सदस्य एवम् अाँखा उपचार केन्द्रका सँयोजक विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।


उक्त पोस्टमा आएका केही कमेन्टहरु यस्ता थिए । (तलको तस्वीरमा पनि छन् )
कमेन्ट १. – त्यो पोस्टमा रेडक्रस जस्तो संस्थाले बोका काटेर पूजा गर्ने कुरा राम्रो होइन कि,
कमेन्ट २. – हात हतियार राख्ने कोतहरु र देवालयहरुमा त ठिकै हो तर रेडक्रसमा अष्टमीमा काटरमार सर ?
कमेन्ट ३. – मेटाउनुस (डिलिट),
कमेन्ट ४. – अस्टमी पूजा हो कि खाने उपाय ?
कमेन्ट ५. – ईट ईज अग्नेस्ट दि प्रिन्सिपल अफ रेडक्रस
कमेन्ट ६. – कहिलेकाहीँ यसो बोका क्रस ।
कमेन्ट ७. – ठिकै हो तर रेडक्रसमा अष्टमीमा काटमार सर ??
कमेन्ट ८. – यो रेडक्रसको साह«ै विपरित कार्य, बचाउँनेले मृत्यु दिएको भेरी भेरी स्याड ।
कमेन्ट ९. – पिक्चर हेर्नु त फस्ट पिक्चर त ज्योती मगर जस्तो भो हा हा हा ।


उपरोक्त प्रतिक्रियाका स्क्रिन सटहरु पनि यसैसाथ संलग्न छन् ।
यसरी एकातिर मानव कल्याणका लागि अहोरात्र खटिनेहरुले यसरी आफ्नै सेवाक्षेत्रमै काटमार गरेर रगतका धारा अनि मासुका टुक्राहरु प्रर्दन गर्नु राम्रो हैन । आगामी दिनमा यस्तो कार्य कदापी नहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने