मङ्सिर १३, काठमाण्डौ | रुस युक्रेन युद्धमा तीन जना नेपालीको मृत्यु भएको मस्कोमा रहेको नेपाली दूतावासले जनाएको छन् |
रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो | नेपाली दूतावासका अनुसार घटना ९ दिनपछि सार्वजनिक भएको बताए |
मृत्यु हुनेमा रुसी सेनालाई हवाला दिँदै स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका ६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तान रहेको दूतावासले जनाएको छ ।
नेपाली दूतावासले रुसी सेनामा कार्यरत उनीहरुको ज्यान कुन अवस्थामा गएको भन्ने जानकारी भने उल्लेख गरेको छैन । दूतावासले ज्यान गुमाएकाका परिवारलाई घटना बारे जानकारी दिन र शवको व्यवस्थापनका लागि सहजिकरण गरिदिन नेपालमा रहेको कन्सुलर सेवा विभागलाई अनुरोध गरेको छ ।