११ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

गुगलले किन बन्द गर्दैछ लाखौं जीमेल एकाउन्ट्स ?

१३ मंसिर २०८०, बुधबार ०६:४३

मङ्सिर १३, काठमाडौँ  | गुगलले प्रयोगकर्ताहरूको जीमेल खाता यसै साताबाट बन्द गर्ने भएको छ। निष्क्रिय रहेका जीमेल खाता, फोटो र ड्राइभ खाताहरू पनि बन्द गर्ने गुगलले बताएको छ।

गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका लाखौँ व्यक्तिगत खाताहरूलाई बन्द गर्ने बताएको हो। डिसेम्बर पहिलो साताबाटै खाता बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएकाले गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई सन्देश पठाउन थालेको छ।

गुगलले सन् २०२३ को सुरुमै एउटा ब्लग पोष्ट गर्दै यो नीति डिसेम्बरदेखि लागू हुने बताएको थियो।  

गुगलकी प्रोजेक्ट म्यानेजर रुथ क्रिचेलीले गुगल खाताहरूका लागि निष्क्रियता नीतिलाई दुई वर्षमा अद्यावधिक गर्दै खाता बन्द गर्ने गत मे महिनामा चेतावनी दिएकी थिइन्।

गुगलको चेतानवी पछि प्रयोगकर्ताहरूले विरोध जनाएका छन्। लाखौं खाताहरू स्थायी रूपमा मेटिने जोखिम हुन सक्ने भएकाले त्यसो नगर्न पनि आग्रह गरेका छन्।

साथै गुगलले खाता सक्रिय राख्न र बन्द हुनबाट जोगाउनका लागि पनि सुझाव दिएको छ। आफ्नो खाता सुरक्षि राख्न गुगलले प्रयोगकर्ताहरूलाई इमेल खोल्न वा पठाउन, गुगल ड्राइभ प्रयोग गर्न, गुगल प्ले स्टोरमा एउटा एप डाउनलोड गर्न वा खातामा लग इन हुँदा गुगल खोजी गर्न सल्लाह दिएको छ।

यस्तै, यूटुबमा अन्तिम पटक भिडियो पोस्ट गरेको भएमा पनि खातालाई बन्द नगरिने गुगलले बताएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति क्षेत्रलाई महाशिवरात्रिका लागि आकर्षक बनाइँदै आज अर्थ समितिको बैठक बस्दै केबलकार विवाद : ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची महिला च्याम्पियनसिपमा आज म्यानमारसँग खेल्दै नेपाल हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर मौसम: देशको केही भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना परराष्ट्रमन्त्री आरजुले गरिन् ओडिसाका मुख्यमन्त्री माझीसँग फोनवार्ता राधिका शाक्यको गुनासो : पसिना र मेहनतको कमाइबाट घर बनाएका हौं, दरबार भन्न मिल्दैन उडिसाबाट काँकरभिट्टा नाका हुँदै नेपाल फर्किए २० जना विद्यार्थी सहकारीको रकम ठगी गरेका रवि लामिछानेलाई सजाय हुनुपर्छ : शेखर कोइराला गरिबको पैसा अपचलन गर्ने सहकारीहरु कारवाहीको दायरामा आउँछन्ः मन्त्री श्रेष्ठ महाकुम्भ स्नान गरी फर्किंदै गरेको स्कारपियो दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु परराष्ट्रमन्त्री आरजु राणा आज जेनेभा जाँदै आजदेखि स्वयम्भू महोत्सव सुरु, मेयर शाहले गरे उद्घाटन कांग्रेस बलियो छ,आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर देखियो – उपप्रधानमन्त्री सिंह कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृ-त्यु माघ मसान्तसम्म नेपालले ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार गर्दा ५ खर्ब ६१ अर्ब घाटा अभिनेता दिलीप रायमाझीलाई पितृशोक बिहे भोज खान गएका युवकलाई कुटपिट गरि गरे ह-त्या, ३ जना पक्राउ